नेकपा एमालेको मध्यपहाडी यात्रा १८ औं दिनमा पूरा, चिवाभञ्ज्याङ पुगेर झण्डोत्तोलन

हिमालय टाइम्स
Read Time = 3 mins

-विराज राेस्यारा

पाँचथर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा १८ औं दिनमा पूरा गर्नुभएकाे छ ।

झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे नेपालको राष्ट्रिय झण्डा-उत्तोलन गरी गर्नुभएकाे हाे । मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तोलनसँगै शीलालेखको अनावरणसमेत गर्नुभयाे ।

उहाँले यात्रामा सहभागी लाखौं नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिनुभयाे । उहाँले संचारमाध्यमहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभयाे । उहाँले लेखक, विचारक र टिप्पणीकारहरुलाई समेत धन्यवाद दिनुभयाे ।

झण्डोत्तोलनपछि सङ्कल्प यात्राबारे बोल्दै अध्यक्ष ओलीले राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले
निराशा फैलाइएको जनतामा उत्साह फैलिएको विश्वास व्यक्त गर्नुभयाे । अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीले बताउनुभयाे ।

आफ्ना ठाउँका विशेषता, परिचय, समस्यालगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई मजबुद बनाएको र समस्या समाधानका लागि पार्टीलाई कार्ययोजना प्राप्त भएको बताउनुभयाे ।

'देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिढीको समय खेर गएको छ,' अध्यक्ष ओलीले भनंनुभयाे, 'सङ्कल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ ।'

एमाले चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको अध्यक्ष ओलीले बताउनुभयाे ।

'सङ्कल्प यात्राले अवाञ्छित चिन्तन, विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्विपरी ठान्ने आम जनताको मनोबल उच्च भएको छ," अध्यक्ष ओलीले भन्नुभयाे, 'सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा सङ्कल्प यात्राले दिएको छ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?