काबुल । जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताउनुभएको छ । अफगानीस्तानको आधा जनसंख्यालाई शुद्ध पिउने पानीको पहुँच नभएको स्थानीय टेलिभिजन च्यानल टोलो न्यूजले हक्कानीलाई उद्धृत गर्दै बुधबार जनाएको छ ।
हक्कानीले जलवायु परिवर्तनका कारण युद्धग्रस्त अफगानिस्तानको तीन प्रतिशत जंगललाई नष्ट गरेकाले नियमित वर्षामा ३७ प्रतिशतले कमी आएको उल्लेख गर्नुभएको छ । अफगानिस्तानले वर्षौंदेखि खडेरीको सामना गरिरहेको छ । परिणामस्वरुप राजधानी काबुललगायत स्थानमा भूमिगत पानीको मन्दी आएको छ । यसैबीच सहरका करिब ६० लाख मानिस चरम पानीको अभावको सामना गरिरहेका छन् ।
एनईपीएका जलवायु परिवर्तन विभागका प्रमुख रोहुल्लाह अमीनले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको सामना गर्न अनुमानित दुई अर्ब अमेरिकी डलर चाहिने बताउनुभएको छ । अफगानिस्तानका उच्च शिक्षा उपमन्त्री लुतफुल्ला खैरखवाहले आगामी दिनमा पूर्वी सहर जलालाबादको नानगाहर विश्वविद्यालयमा अफगान र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन हुने जानकारी गराउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच