-मन्जिता मैनाली
हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार क्षेत्र नजिकैको बस्तीमा एक चौधरी परिवार पहिचानबिहीन जीवन बाँचिरहेका छन् ।
हेटौंडा–१० स्थित न्युरेनीमा लामो समयदेखि कोठा भाडामा बस्दै आएकी ६० वर्षीय रोशनी चौधरीसँग न त जन्मदर्ता छ न त नागरिकताको प्रमाणपत्र नै । उनी मात्रै होइन उनका तीन जना छोराछोरी र नातिनातिनाले समेत न त जन्मदर्ता न त नागरिकता नै पाएका छन् ।
चौधरीका छोराछोरी २८, २२ र २५ वर्षका छन् । उनी विवाह गरेर १३ वर्षको उमेरमै हेटौंडा आएकी थिइन् । घरमा जेठी श्रीमती भएको कारण उनलाई उनका श्रीमानले विवाह गरेको केही समयमै घरबाट निकालिदिएका थिए । पदमपोखरीको ठुल्दमारमा विवाह गरी आएकी उनी घरमा जेठी श्रीमती भएकी कारण लामो समय त्यहाँ बस्न पाइनन् ।
२५ वर्षको उमेरदेखि रोशनी आफ्नो ३ सन्तानलाई ज्याला मजदुरी गरेर हुर्काएकी थिइन् । रोशनीले ३ सन्तानको पालनपोषण गरेर हुर्काइन् तर गरिबीको कारण राम्रो शिक्षा भने दिन सकिनन् । उनी सानै उमेरमा विवाह गरेर आएकी कारण उनलाई आफ्नो माइतीघर कहाँ हो भन्ने सम्म थाहा छैन । रोशनीका ३ सन्तानका विवाह गरी ३ वटा नातानातिनी भइसके । न्युरेनीको एउटै कोठामा सबै परिवार बस्दै आएका छन् ।
जन्मदर्ता समेत नभएको कारण छोराछोरीले काम समेत गर्न नपाएको रोशनी बताउछिन् । ‘कमानेमा नया घर बनाइदिन्छु भनी घरबाट निकालेका श्रीमानले बिचल्ली पारेर छोडिदिए ।’ उनले भनिन् – ‘१३ वर्षको सानै उमेरमा भागी बिहे गरेर आएकी म माइतीघर फर्केर गएकी छैन, अब केही याद पनि छैन ।’
जेठो नाति ९ वर्षको भइसक्यो, घरको आर्थिक अवस्था कमजोर भएको कारण उनले विद्यालय पठाउन नसकेको गुनासो गरिन् । ती ३ नातीनातिनाको जन्मदर्ता बनाउन पनि नसकिएको उनले बताइन् । रोशनीको परिवारको आर्थिक अवस्थासमेत कमजोर छ । ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेका उनीहरु एउटै कोठामा ५ जनाको परिवार बस्छन् । उनका एउटा छोरो गाडीमा सहचालक भएर हिँडेका छन् । नागरिकता नभएको कारण उनले लाइसेन्स बनाउन नपाएको रोशनी सुनाउँछिन् ।
हेटौंडा– १० का वडाध्यक्ष फुर्वा दोर्जी लामाले रोशनीको समस्याबारे आफूहरु एक वर्षअघिदेखि जानकार रहेको बताउनुभयो । वडाले एक वर्ष देखि समस्या हल गर्न खोजिएको भएता स्वयम् व्यक्तिले नै बेवास्ता गरेका कारण उनीहरुको जन्मदर्ता र नागरिकता दिलाउन नसकिएको लामाले बताउनु भयो। उनको पतिलाई झिकाई समस्याको हल गर्न वडा लागिपर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच