
काठमाडौं । क्लोजअप नेपालले भ्यालेन्टाइन डेका अवसरमा आफ्नो हृयासट्याग ‘नजिक आऊ’ डिजिटल अभियानलाई निरन्तरता दिएको छ । अभियानको लक्ष्य आपसी आकर्षणलाई सामीप्यतामा बदल्न प्रोत्साहन गर्नु रहेको क्लोजअपले जनाएको छ । ओरल केयर ब्राण्डका रूपमा स्थापित क्लोजअपले सबैलाई आत्मविश्वाससाथ फस्र्ट मुभ चाली आफ्नो प्रियजनसँग नजिक हुन सधैं प्रेरित गर्दै आएको छ ।
कम्पनीका अनुसार डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकले चार विभिन्न कथाको निष्कर्ष निर्धारण गर्न सक्छन् । दर्शकले यी कथालाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्छन् र चयन गरिएका कमेन्टबाट कथालाई निष्कर्ष दिइनेछ ।
साथै क्लोजअपले एक माइक्रोसाइट पनि सञ्चालनमा ल्याएको छ, जसमा सहभागीले दैनिक क्विज खेल्न र आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । उत्कृष्ट सय लभ नोट्स नेपालभरिका प्रमुख बिल बोर्डमा प्रदर्शन हुनेछन् भने तीन भाग्यशालीले काठमाडौं उपत्यकाको पाँचतारे होटलमा आफ्नो प्रियजनसँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवसहित आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच