क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेको ब्याटिङ रोजेको हो। आजको सिरिजमा दुवैट टोली जित निकाल्दै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

राष्ट्रिय टिमबाट सुर्य तामाङ र रिजन ढकालले डेब्युको अवसर पाएका छन् ।नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो । त्यस्तै क्यानडाले आईसीसी टी २० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।

क्यानडाविरुद्धको सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?