बारा प्रहरीद्वारा ६१ हजार नक्कली नेपाली नोटसहित पक्राउ परेका पाँच जना सार्वजनिक

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । ६१ हजार नक्कली नेपाली नोट सहित बारा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेशप्रसाद काफ्लेले विहिवार पत्रकार सम्मेलन गरी पाँचै जनालाई सार्वजनिक गर्नु भएको हो ।

जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका ७ बाट सर्लाही चन्द्रनगर गाउँपालिका ३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरीलाई नक्कली नोटको कारोबार गरिरहेकै अवस्थामा नियन्त्रणमा लिएको उहाँले पत्रकार सम्मेलन मार्फत बताउनुभयो ।

कोइरीलाई नक्कली नोट सहित पक्राउ गर्ने वितिकै सोधपुछको क्रममा कोइरीले दिएको जानकारीको आधारमा पर्सा विरगंज महानगरपालिका १० का विशाल कुमार श्रीवास्तव, निरज श्रीवास्तव, बारा परवानीपुर गाउँपालिका ५ का सुमित साह, संतोष पटेललाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको उहाँले बाउनुभयो ।

पक्राउ परेकाहरु मध्ये पर्सा बीरगंज महानगरपालिका १० का विशाल कुमार श्रीवास्तव नक्कली नोटका मुख्य कारोबारी रहेको देखिएको छ, प्रउ काफ्लेले भन्नुभयो, ‘नक्कली नोटको कारोबार अहिलेसम्मको अनुसन्धानको क्रममा ५ लेयरमा हुने गरेको खुलेको छ । जसमा पहिलो व्यक्ति विशाल श्रीवास्तव हुन भने दोश्रो व्यक्ति विशालकै सालो पर्ने निरज श्रीवास्तव रहेको खुलेको जनाएका छन् । पहिलो व्यक्तिले एक हजारको एउटा सक्कली नोट दिएपछि ३ हजार नक्कली नोट दिने गरेको खुलेको छ । भने अरु व्यक्तिले ५ प्रतिशत पाउने गरेको खुलेको छ । अर्थात पहिलो व्यक्तिबाट १ हजार सक्कली नोट दिएपछि उसले दोश्रो व्यक्तिलाई ३ हजार नक्कली नोट दिने र दोश्रो व्यक्तिले यसलाई मार्केटमा पु¥याउनेहरुलाई ५ प्रतिशत कमिशन दिने गरेको खुलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो ।

भारतबाट नेपाली नक्कली नोट ल्याई अहिले बजारसम्म पुगेको छ, उहाँले भन्नुभयो,‘त्यसैले अहिले नेपाली एक हजारको नोट लिदा ध्यान पु¥याउनु पर्ने सबैसँग आग्रह गर्नुभयो ।’

विशेष गरि भिडभाड हुने ठाउँमा यस्ता नोटहरु लिने दिने क्रम बढेको छ, उहाँले भन्नुभयो,‘त्यसैले भिडभाडमा पैसा दिदा वा लिदा सावधानी अपनाउनु पर्ने र नक्कली नोट पाएको खण्डमा तुरुन्त प्रहरीलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । ’

नक्कली नोट समुदायसम्म पुगिसकेको अवस्था रहेकोले यसबाट सबै सजग र सतर्क रहन जरुरी रहेको उहाँको भनाई छ ।

पक्राउ परेकाहरुबाट भारतीय सिमकार्ड सहितको ७ थान मोबाइल समेत बरामद गरिएको उहाँले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?