काठमाडौं । दुग्ध व्यवसायीले नुवाकोट-काठमाडौं दुग्ध व्यवसायी समिति गठन गरेका छन् । देवराज बजगाईंको संयोजकत्वमा नवगठित समितिको उपाध्यक्षमा बालकृष्ण ढुंगाना(दिपक), क्षेत्रबहादुर तामाङ, अनमोल गजुरेल र निशान भण्डारी रहेका छन् भने सचिवमा विष्णु दाहाल, सहसचिवमा प्रकाश मुडभरी, राजेन्द्र मुडभरी, कोषाध्यक्षमा माधव पुडासैनी, सहकोषाध्यक्षमा विनोद न्यौपाने र बद्रीप्रसाद अधिकारी रहेका छन् ।
सदस्यमा मधुप्रसाद अधिकारी, रामप्रसाद खतिवडा, मानबहादुर बलामी, गणेश ढकाल, रामचन्द्र न्यौपाने र विनोद घिमिरे रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले जानकारी दिनुभएको छ । बिहीबार काठमाडौंमा सम्पन्न नुवाकोटबाट काठमाडौं मा दुग्ध व्यवसाय गर्दै आएका व्यवसायीको भेलाले समिति गठन गरेको हो । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहृलाद दाहालको उपस्थितिमा भएको भेलामा दुग्ध किसान व्यवसायी करिब ७० जनाको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मनोजकुमार घिमिरे, सहकोषाध्यक्ष रामभक्त दाहाल, बागमती प्रदेश उपाध्यक्ष धु्रव तिवारी, सचिव श्याम घिमिरेलगायतको पनि उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष दाहालले संगठन नै सबैभन्दा ठूलो बल भएकाले सबै व्यवसायी मिलेर व्यवसायी र दुग्ध क्षेत्रका समस्या समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता आँैल्याउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच