विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई दिने माओवादी केन्दको निर्णय

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रश्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ ।

शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रश्तुत गर्ने प्रश्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो ।

बैठकमा नेताहरुबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा नेताहरुले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरुले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याएको पनि प्रवक्ता सापकोटाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खासगरी केन्द्रिय समितिको बारेमा चाहीँ सबैको एकमत जस्तो भयो । १५१ जनाको प्रश्ताव भएको छ । त्यो ठिक छ भन्ने भयो । अब स्थायी समिति बैठक हिजो र आज जुन लक्ष्यका साथ बोलाइएको थियो । त्यो लक्ष्य पूरा भएको छ । बैठक निकै राम्रो भएको छ । भोलीबाट केन्द्रिय समिति छ । त्यसमा चाहीँ पार्टीको अभियानको समिक्षा हुन्छ । र विधान सम्मेलन १, २ र ३ मा हुन्छ । सोही विधान सम्मेलनमा प्रश्तुत गर्ने प्रश्तावलाई पास त त्यो त्यही सम्मेलनले गर्छ । त्यो प्रश्ताव चाहीँ तयार पार्नका लागि आज निकै राम्रो छलफल भएको छ । फेरि एक पल्ट आएका सबै सुझावहरुलाई संकेन्द्रण गरेर पदाधिकारीले एक गतेदेखि शुरु हुने विधान सम्मेलनमा प्रश्तुत गर्ने भन्ने निर्णय भएको छ आज । अब हिजो पनि भन्नुभएको र आज पनि भन्नुभएको कुरा के छ भने आर्थिक विकासमा चाहीँ एउटा ¥याडिकल रिफर्म गर्नुपर्छ भन्ने छ । आर्थिक विकासमा ¥याडीकल रिफर्म भन्नाले निरन्तरतामा क्रमभंग गर्ने र त्यसपछि योजना निर्माण पनि नयाँ ढंगले गर्ने र त्यसैगरी बजेट निर्माणमा पनि नयाँ ढंगले तयारी गर्ने भन्ने छ । र पहिला चाहीँ प्रिबजेटमा छलफल हुन्थ्यो । चैत्रदेखि नै त्यो विषयमा छलफल गर्ने भन्ने भएको छ । कमिटी प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । र विधि, प्रक्रियालाई कडाईका साथ लागू गर्नुपर्छ । अनि यो विधान बनाउने कुरा पनि महत्वपूर्ण कुरा हो । विधान बनाउने भन्दा पनि लागू गर्ने कुरा धेरै गुणा महत्वपूर्ण कुरा हो भन्नेकुरा अधिकांश सदस्यहरुले राख्नुभएको छ ।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राख्नुभएको थियो । यसैबीच, माओवादी केन्द्रले केन्द्रिय समिति बैठक आईतवार (भोलि) बाट शुरु हुने भएको छ । बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता सापकोटाले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?