टावर अफ बेबल

Read Time = 18 mins

✍️ मणि शर्मा

सन् १८५९ मा म्यक्समुलरले आर्यन अफवाह नामक एउटा गफ लेखे । यो अफवाह बाइबलको रेसिस्ट थ्योरीको उपज हो । यहुदीहरू प्रति ख्रिष्टानहरूको घृणाको कारण श्रेष्ठ पूर्वजताको काल्पनिक कथा । जसलाई विश्वको विश्वविद्यालयहरूमा इण्डोलोजी, फिलोलोजी र साइन्स अफ नलेजको नामले पढाइयो । युरोपमा यसको परिणाम भयो जर्मनवासीहरूबाट यहुदीहरूको नरसंहार तर पछि त्यसलाई हिटलरको शिरमा थोपरेर तिनीहरूले मुक्ति पाए । आफैं यहुदीहरूप्रति घृणा भावको उत्पन्न गराए र आफैं उनीहरूप्रति माया जताए । यो हो दोहोरो चरित्र पश्चिमाको । हिटलरको मनमा यहुदीहरूप्रति घृणा कसले उत्पन्न गरायो कसैले प्रश्न गरेनन् ।

आर्यन सभ्यताको उत्पत्तिको स्रोत बाइबल हो । ओल्ड टेष्टामेन्टमा एउटा कथा छ टावर अफ बेबलको । कथा अनुसार महाप्रलयपछि सम्पूर्ण प्राणीहरूको जन्म सिनार (बेबिलोन) मा भएको थियो । जेनेसिस अनुसार बेबिलोनका निवासी प्रसिद्धि प्राप्तिका लागि एउटा शक्तिशाली शहर र एउटा यस्तो टावर बनाउन चाहन्थे जो स्वर्गसम्म पुगोस् । ताकि स्वर्गमा पनि तिनीहरूले राज गर्न सकून् । तिनीहरू सबैको एउटा भाषा थियो । यो पौराणिक कथा अनुसार यो कथा मदृक मन्दिरको उत्तरमा अवस्थित एउटा टावरसंँग सन्बन्धित छ । जसलाई बेबिलोनियामा ब्याब (इलु अर्थात् ईश्वरको द्वार जुन हिब्रु भाषामा ब्याबल वा व्याभेलबाट निस्कन्छ र यसको दोस्रो अर्थ हुन्छ भ्रमित पार्नु ।
ईश्वरले चाँहदैनथे कि मनुष्यले टावर बनाएर स्वर्गमा आधिपत्य जमाउन । जब बेबिलोनियाका बासीहरूले टावर बनाउन सुरु गरे ईश्वरले उनीहरूलाई विभिन्न भाषा दिई भ्रमित पारे । यसरी बेबिलोनवासीले एकअर्काको भाषा नबुझ्दा टावर निर्माण गर्ने काम रोकेर संसारभरि फैलिए । प्रभुले उनीहरूलाई विभिन्न भाषा दिएर भ्रमित पारे, जसरी नेताहरूले जनतालाई विभिन्न आश्वासन दिई भ्रमित पारी आफ्नो ढुकुटी भर्ने काम गरिरहेका छन् ।

युरोपमा नवचेतना आइरहेको थियो । बाइबलले जवाफ दिन नसकेका कुराहरूको जवाफ हाम्रो संस्कृत साहित्यबाट तिनीहरूले दिन थाले । उनीहरूले बजारमा पाउने अधुरो संस्कृत ग्रन्थहरूबाट उल्था गरेर आफूअनुकूल पुस्तक तयार पारी बाँड्न थाले ।

उनीहरूको धर्मको निर्माण यशुका अनुयायीहरूले गरे । यशु स्वयं यहुदी थिए र हिब्रु भाषा बोल्दथे । त्यो धर्म जब युरोपमा पस्यो तब त्यो पूरै युरोपभरि फैलियो । उनीहरूले ग्रिक र रोमन धर्म तथा संस्कृतिलाई नष्ट गरेर सबैलाई ख्रिष्टान बनाए । चौथो शताब्दीमा रोमन सम्राट कन्सटेटाइनले यसलाई वैधानिकता दिएपछि यो युरोपभरि फैलियो । हिब्रु भाषामा लेखेको बाइबल विभिन्न भाषामा अनुवाद र संशोधन हुँदै ठाउँ र देशैपिच्छे यसको अर्थ पनि अलग लगाउँदै आए । जहाँ जसलाई जसरी सम्झाएर, फकाएर ख्रिष्टान बनाउन सकिन्छ त्यहाँ त्यही अनुसारको बाइबलको भाष्य तयार पारियो ।

सुरुवातमा त अस्त्रको बल प्रयोग गर्दै गएका थिए तर अहिले यो सम्भव नभएकाले देश, ठाउँ र परिस्थिति अनुसार यसको भाष्य रचना गर्न थालियो । नेपालमा आर्थिक प्रलोभनका साथै स्वास्थ्य उपचारको नाममा भ्रमित पारिरहेका छन् । बर्दियामा उनीहरूले बनाएको अस्पतालमा डक्टरले उपचार गरेर सित्तैमा औषधि दिएपछि बाहिर रहेको यशुको मूर्तिमा अगरबत्ती बालेर त्यसको खरानी औषधिसँग खाए रोग निको हुन्छ भनेर पठाउने गर्छन् । रोग औषधिले निको हुन्छ तर डक्टरले खरानी दिन्छन् । यसरी प्रभुले टावर अफ बेबलमा फैलाएको भ्रम फैलाउने गरेका छन् । अचेल त तराईमा मुस्लिम समुदायले पनि लभ जिहाद र प्रलोभनमा पारेर सनातन धर्मावलम्बीहरूलाई मुसलमान बनाउन सुरु गरिसकेका छन् ।

पन्ध्र सय वर्षसम्म यो टावर अफ बेबलको चर्चा भएन तर जब युरोपका ख्रिष्टानहरू पूरै विश्वभरि फैलिए तब यो कथाको महŒव बढ्दै गयो । उनीहरूले निर्णय गरे कि पूरै विश्वको मानवता र सभ्यतालाई बाइबलमा लेखे अनुसार परिभाषित गर्नुपर्छ । उनीहरूले त्यही गरे । जबसम्म यहुदी थिए र बाइबल हिब्रुमा थियो तबसम्म कुनै समस्या थिएन तर अब त यति धेरै भाषा बोल्ने ख्रिष्टान जन्मिसकेका छन् । सँगसँगै उक्त धर्मको जगमा इस्लाम धर्मको पनि जन्म भयो । कुरानको सम्पूर्ण पैगम्बरहरू बाइबलको पनि पैगम्बर भए । अंग्रेज इण्डिया आएपछि विलियम जोन्स जस्ता फेन्टसी अर्थात् काल्पनिक लेखक पनि इण्डिया आए ।

उनी सन् १७८३ मा इण्डिया आए । १७८४ मा एशियाटिक सोसाइटी अफ बंगाल बनाए जसमा न त एशियाका मानिस थिए न त बंगालका । उनले १७८६ मा घोषणा गरे संस्कृत ग्रिक र लेटिनभन्दा श्रेष्ठ भाषा थियो र युरोपका समस्त भाषाहरू सँगसँगै पर्सियन र संस्कृतको जन्म एउटै भाषाबाट भएको थियो, प्रोटो इण्डो आर्यन भाषा । जुन अब विलुप्त भइसकेको छ । विलियम जोन्सले हाम्रा राम, बुद्ध, कृष्ण आदि महापुरुषलाई कुनै न कुनै रूपमा बाइबलको चरित्रबाट जोडेर इण्डियाका बारेमा लेख्न सुरु गरे । उनले लेखेका थिए बुद्धको जन्म इथोपियामा भएको थियो किनकि उनको कपाल घुम्रैलो थियो ।

अब टावर अफ बेबलको त्यो एकमात्र भाषा पत्ता लगाए, जसलाई बोल्नेहरू मानवताको प्रारम्भबाटै बोल्दथे, प्रोटो इण्डियन आर्यन भाषा जसबाट संसारको सबै भाषाहरूको जन्म भएको थियो । यो काल्पनिकता जब युरोपमा पुग्यो, तब युरोपको विश्वविद्यालयमा यो काल्पनिकतामा आफ्नो काल्पनिकता जोडेर पढ्न सुरु भयो । यसलाई जुन विभागमा पढाइन्थ्यो त्यसलाई फिलोलोजी (भाषाशास्त्र), इण्डोलोजी (इण्डियन विद्या) भनिन्थ्यो, समग्रमा यो नक्कली विद्या थियो र अद्यापि छ ।

युरोपमा नवचेतना आइरहेको थियो । बाइबलले जवाफ दिन नसकेका कुराहरूको जवाफ हाम्रो संस्कृत साहित्यबाट तिनीहरूले दिन थाले । उनीहरूले बजारमा पाउने अधुरो संस्कृत ग्रन्थहरूबाट उल्था गरेर आफूअनुकूल पुस्तक तयार पारी बाँड्न थाले । युरोपका विद्वानहरूले अब उनीहरूलाई आर्य घोषित गर्न सुरु गरे । आर्य अर्थात् सभ्य र गोरो रंग भएका ख्रिष्टानहरू । बाँकी दुनियाँका मानिसलाई नूरको श्रापले श्रापित उनका पुत्र हेमको सन्तति घोषित गर्न सुरु गरे । जसबाट रंगभेद र अत्याचारको नीतिको सूत्रपात भयो । न्यु टेस्टामेन्ट ख्रिष्टानहरूको ग्रन्थ हो र ओल्ड टेष्टामेन्ट यहुदीहरूको । न्यू टेष्टामेन्टबाट यदि ओल्ड टेष्टामेन्टलाई काटिदियौँ भने उनीहरूको आधार नै नष्ट भएर जानेछ ।
ख्रिष्टान धर्माधीशहरूले यहुदीहरूलाई येशुको हत्यारा मान्दै सृष्टिको अन्त्यसम्म उनीहरूको हत्यालाई जायज ठहर गरेका छन् । दुई हजार वर्षको यो घृणाको कारण ख्रिष्टानहरूलाई यहुदी पूर्वजताबाट मुक्त हुने एउटा सुनौलो अवसर प्राप्त भयो, आर्यन नस्लको रूपमा । जो यहुदीहरू भन्दा पनि प्राचीन तथा श्रेष्ठ थिए । यसैलाई छोपेर युरोपियनहरूले काल्पनिकताले भरपूर पुस्तकहरू लेखे जो बेष्ट सेलर भए । उनीहरूले आफूलाई विश्वका श्रेष्ठ जाति देखाउन अर्को टावर अफ बेबल निर्माण गरे ।

विलियम जेम्सपछि जन्मिन्छन् धूर्त विद्वान म्याक्समुलर, उनी म्याट्रिक पास थिए तर युरोपका ख्रिष्टान विद्वानहरूले उनलाई प्रोफेसर र डक्टर भनेर प्रचारित गरे । उसलाई इष्ट इण्डिया कम्पनीले संस्कृतका ग्रन्थहरूको प्रतिलिपि उतार्न र संग्रह गर्न प्रतिपृष्ठ चार पाउण्डका दरले दिए र उसले ऋग्वेदको दोस्रो खण्डमा आर्यन अफवाहको काल्पनिकताको रचना गरे । त्यसपछि समय आयो संसारको मानवतालाई सुरुदेखि नै तीन श्रेणीमा विभाजन गर्ने । आर्यन सेमेटिक यहुदी र तुरानियन अर्थात् मुसलमान । म्याक्समुलर लेख्छन्, ‘एउटा समय थियो जब सेल्ट्स, जर्मन, स्लाभोनियन, ग्रिक, इटालियन, पर्सियन र हिन्दूहरूका पूर्वज, सेनेटिक र तुरानियन नश्लहरूबाट अलग, सँगै बस्दथे ।’
यही काल्पनिकतालाई आधार बनाएर कसरी उनीहरूको मनलाई हेरफेर गरियो त्यसको उदाहरण हिटलर स्वयं थिए । जसबाट उनीहरूले साठी लाख यहुदी र चालीस लाख जिप्सीहरूलाई हिटलरबाट हत्या गराइयो । हिटलर हारेपछि युरोपमा ख्रिष्टान आर्यनसम्बन्धी काल्पनिक गाथा लेख्न बन्द गराइयो । तर, यो काल्पनिकतालाई अहिले केही दशकदेखि नेपालमा निर्यात गरिएको छ ।

२०४६ सालको आन्दोलनमा पुनः टावर अफ बेबलको निर्माण कार्य अगाडि बढाइयो । प्रभुको आदेश अनुसार राजा निरंकुश, शोषक, सामन्ती, रानी ऐश्वर्यलाई काल्पनिक नाम पम्फादेवी राखेर उनको नाममा स्वीट्जरल्याण्ड बैंकमा अर्बौं रुपैयाँ राखेको भनेर दुष्प्रचार गरियो । इण्डियन नेताहरू काठमाडौं आएर आन्दोलनका नेतृत्व सम्हाले । बहुदल आयो । राजाको अधिकार कटौती गरियो । स्वीस बैंकको कुरा हरायो । धमिजा थोकमा भ्रष्टाचारको थालनी गरियो । नेपाल धर्म निरपेक्ष राष्ट्र नबनेकाले पश्चिमा शक्ति र इण्डियाका कांग्रेसलाई व्यवस्था मन परेन ।

बैंकहरूमा पैसाको अभाव छ तर बैंकको नाफा अर्बौंमा छ । बैंकका मालिक तिनै नेता र उद्योगपतिहरू छन् । ठेक्कापट्टामा स्वयं नेता नै ठेकेदार वा ठेकेदारसँग स्लिपिङ्ग पार्टनर नेता र कर्मचारीहरू छन् । बनेका र बनिरहेका भौतिक संरचना गुणस्तरहीन छन् ।

माओवादी नामको संगठनको जन्म भयो । दश वर्षसम्म रक्तरञ्जित खेल खेलाएर बाह्र बुँदे सहमति गराइयो, जसको जगमा अहिले यो व्यवस्था टिकेको छ । त्यसपछि राष्ट्रको अवनति दिन प्रतिदिन भइरहेको छ । प्रभुले फेरि भ्रमको भाष्य तयार पारिदिए, नयाँ नेपाल । भ्रष्टाचार, कमिसन, सनातन धर्मको नास, इण्डियनलगायत विदेशीहरूलाई सर्वसुलभ नागरिकता, लाखौं युवाहरूलाई देश छोड्नुपर्ने बाध्यताको सिर्जना, कार्यकर्ताहरू पोस्न संघीयता आदि कार्यहरूलाई नयाँ नेपालको नाम दिए । सरकार, बैंकहरू र गाउँका साहुहरू मिटरब्याजीमा परिणत भएका छन् । एउटै काममा दश ठाउँमा कर तिर्नुपर्ने बाध्यता बनाएका छन् तैपनि देश हरिकंगाल बनाएका छन् ।
बैंकहरूमा पैसाको अभाव छ तर बैंकको नाफा अर्बौंमा छ । बैंकका मालिक तिनै नेता र उद्योगपतिहरू छन् । ठेक्कापट्टामा स्वयं नेता नै ठेकेदार वा ठेकेदारसँग स्लिपिङ पार्टनर नेता र कर्मचारी छन् । बनेका र बनिरहेका भौतिक संरचना गुणस्तरहीन छन् । बनेको छ महिना पनि टिक्दैनन् । सुनुवाइ गर्ने ठाउँमा तिनै छद्म ठेकेदार बनेका नेता र कर्मचारी छन् । २० खर्ब ७५ अर्ब वैदेशिक ऋणमा ४ अर्ब फेरि थपिँदै छ । टावर अफ बेबलको भाष्यमा यो नयाँ नेपाल हो ।

हाम्रो धर्म, संस्कारलाई विकृत बनाउने कानुनहरू ल्याइरहेका छन् । पतिपत्नीको सम्बन्धमा बलात्कार भन्ने शब्द राखेर सामाजिक जीवन मर्यादामाथि बञ्चरो हानेका छन् । अहिले बाउ पत्ता नलागेको बच्चालाई मावलीको थर दिने भनेर हाडनाता करनीलाई मान्यता दिएका छन् । लाखौँमा एउटा अपवादबाहेक प्रत्येक आमालाई आफ्नो सन्तानको पिता को हो भन्ने थाहा हुन्छ । तर, यस व्यवस्थाका प्रवत्र्तकलाई हाम्रो धर्म, संस्कृति र संस्कार मास्नु छ, त्यसैले पश्चिमाको चलनअनुसार हाडनाता सम्बन्धलाई मान्यता दिलाउन यो कानुन ल्याइएको हो ।
अर्को कुरा यसमा पुष्पकमल दाहालको निजी स्वार्थ पनि छ । उनले आफ्नो स्वार्थका लागि भूमिगत कालमा आफ्नी छोरी गंगा दाहालको विवाह पंं.बंगालका विधायकको छोरा नारायणविक्रम प्रधानसँग गराए । उनीहरूबाट एउटी छोरी जन्मिइन् स्मिता प्रधान । आफू प्रधानमन्त्री भएपछि तिनै गंगाको विहा विराटनगरका जीवन आचार्यसँग गराए । छोरीको वास्तविक थर प्रधान हुनुपर्ने हो तर उनले नातिनीको थर दाहाल राखे ।

वास्तवमा स्मिता प्रधान इण्डियन नागरिक हुन् तर दाहाल बनाएर नेपाली नागरिक बनाए । रेणु पाठकका पति हरियाणावासी इण्डियन हुन् तर रेणुको थर दाहाल राखे र उनका पतिलाई नेपाली नागरिक बनाए । यसरी हाम्रो राष्ट्रिय, धार्मिक र सामाजिक संरचनामा खलल पुग्ने काम गरिएको छ । भ्रममाथी भ्रम छर्ने काम गरिएको छ । टावर अफ बेबलको जुन अर्थ हो भ्रमित पार्नु त्यो काम अहिले नेपालको राजनीतिमा भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?