ईभेन्टका लागि लोकप्रिय गन्तब्य लेकसाइडको ‘द लेकसाइड रिट्रिट’

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाईडमा रहेको द लेकसाइड रिट्रिट रिसोर्ट पछिल्लो सयम विभिन्न सेमिनार र पार्टीहरुको गन्तब्य बनेको छ । आइएमइ ग्रुप अन्तर्गत बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको उक्त रिसोर्ट पोखरामा हुने विवाह, ब्रतबन्ध, बर्थ डे र विविध पार्टीहरुको लागि रोजाईमा पर्ने गरेको हो ।

पोखराको लेकसाईडकै अन्य विभिन्न होटल र रिसोर्ट भएतापनि यस रिसोर्टमा रहेको लोभलाग्दो गार्डेन, मनमोहक वातावरण र खुला ठाउँले सबैको रोजाईमा यो रिसोर्ट परेको हो । हरियालीसहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्राकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, स्तरीय सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी रहने गरेको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले जानकारी दिनुभयाे ।

रिसोर्टमा विभिन्न पार्टीका लागि बुकिङ आउने क्रम वढेसँगै ७ सय देखि १ हजारजनासम्मको आउटडोर डाइनिङ, २०० वढी क्षमताको सेमिनार हल, स्विमिङ पुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायत सुविधा थप गरेको म्यानेजर रिमालले बताउनुभयाे ।

रिसोर्टको हस्पिटालिटी, पारिवारिक वातावरण र सुपथ मूल्यका कारणले विवाह भोज होस् वा अन्य कुनै ईभेन्टको पार्टीका लागि अहिले धेरैले द लेकसाइड रिट्रिटलाई नै रोज्ने गरेका छन् । आगामी दिनमा पाहुनाहरुको सल्लाह, सुझावलाई आत्मसाथ गर्दै नयाँ सुविधाहरु थप्दै लगिने रिसोर्टका म्यानेजर रिमालको भनाइ छ ।

रिसोर्टमा सुविधा सम्पन्न चार वटा प्रिमियम कटेजसहित ४० वटा कोठा रहेका छन् । जसमा एक रातको न्यूनतम ६ हजारदेखिका प्याकेजहरु उपलब्ध रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?