सन् २०२३ अन्तर्राष्ट्रिय कोदो वर्ष

Read Time = 3 mins

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले काठमाडांैमा कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स २०२३’ आयोजना गरेको छ । कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद् र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको सहभागिता थियो ।

दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्वरहेको बताउनुभयो भने प्राधिकरणका निर्देशक डा. तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि प्राधिकरणले गरेको निर्यात प्रवद्र्धन र क्षमता अभिवृद्धि प्रयासबारे चर्चा गर्नुभयो ।

विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने मुलुक भारतमा वार्षिक करिब १७ मिलियन टन कोदो उत्पादन हुने गरेको छ ।

भारत सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघबाट पारित भएपछि सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा मनाइने भएको हो । भारतले सन् २०२१ मा गरेको प्रस्तावमा विभिन्न ७२ देशले समर्थन जनाएका थिए । भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । जहाँ विभिन्न नौ प्रजातिका कोदो उत्पादन हुँदै आएको छ । भारतमा वार्षिक करिब १७ मिलियन टन कोदो उत्पादन हुने गरेको बताइएको छ ।

कोदो स्वास्थ्यका दृष्टिकोणले अति लाभदायक हुनुका साथै सुक्खा जमिनमा पनि खेती गर्न सकिने बाली भए पनि पछिल्लो समय नेपालमा कोदो खेती संकटपूर्ण अवस्थाबीच गुज्रिरहेको छ । दुई देशबीचको कृषि सहकार्यलाई निरन्तरता दिँदै भारतीय राजदूतावासले सन् २०२३ को वर्षभरि नै विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाउने भएको छ । भारत-नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?