बुटवलमा एक लाख राशीको लोक नृत्य प्रतियोगिता

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फागुन १ र २ गते बुटवल उपमहानगरपालिकाको परिसरमा अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको हो।

लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनु भयो।

उहाँले विद्यार्थीहरुमा हरेक खालको क्षमता विकासका लागि बुटवलले खेलकुद र सांस्कृतिक कार्यक्रम र अन्य शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनु भयो।

समाजको सांस्कृतिक सम्पत्तिको रुपमा रहेका लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिंढीलाई लोकसंस्कृतिको जानकारी दिन लोकनृत्य प्रतियोगिता गर्न लागिएको लोकनृत्य प्रतियोगिता संयोजक तथा बुटवल उपमहानगरपालिका–१३ का अध्यक्ष नारायण पुनले बताउनु भयो ।

उहाँका अनुसार प्रतियोगितामा एउटा विद्यालयबाट एक समुहले मात्र भाग लिन पाउनेछन्। उपमहानगर भित्रका ४४ विद्यालयले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने वडाध्यक्ष पुनले जानकारी दिनु भयो । त्यस्तै, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?