खड्गाष्टक भनेको के हो ?

Read Time = 13 mins

वैववाहिक जीवनलाई सुखद् तुल्याउने हेतुले वरकन्याबीच गुण मिलान गर्ने सन्दर्भमा एक अर्काका राशिबीचको अन्तर छ वा आठ परेको अवस्थालाई षडष्टक भनिन्छ । वरको राशिबाट छैटौं राशिकन्याको परेको सन्दर्भमा कन्याको राशिबाट वरको राशि आठौं पर्न जान्छ । यसैलाई षडष्टक भनिन्छ । नेपालीमा यही शब्दलाई ‘खडष्टक’ वा ‘खड्गाष्टक’ भनी सम्बोधन पनि गरिन्छ । यो भकूट मिलानको एक खण्ड हो । षडगाष्टक भएको, नवपञ्चम भएको र द्विद्र्वादश भएको अवस्थामा वरकन्याका निम्ति विवाह अशुभ रहने कुरा शास्त्रमा बताइएको छ :
‘मृत्युषडष्टके ज्ञेयोऽपत्यहानिर्नवात्मजे ।
द्विद्र्वादशे निर्धनत्वं द्वयोरन्यत्र सौख्यकृत् ।। (मुहूत्र्तचिन्तामणि, ६।३१)

वर र कन्याको राशि यदि आपसमा ६-८ को अन्तरमा छन् भने विवाह मृत्युकारक रहन्छ । (अर्थात् वरको राशिबाट कन्याको राशिसम्म गन्दा ६ वा आठ आउँछ भने षडष्टक हुन्छ । एकको राशिबाट गन्दा ६ पर्छ भने अर्को तर्फबाट गन्दा आठ हुन्छ । जस्तै मेषबाट छैटौं राशि कन्या हो । कन्याबाट आठौं राशि मेष हुन्छ ।) यसैगरी वर बधूको राशिमा ९-५ को अन्तर रहँदा नवपञ्चक भकूट दोष रहन्छ जसले पनि विवाहपश्चात् हानि तुल्याउँछ ।

ग्रहमैत्री एकाधिपत्यको अभावमा षष्ठाष्टकमा वैरभाव रहन्छ भनी नारदजीले बताएका छन् । यसदेखि बाहेकका षष्ठाष्टक मित्र हुन्छन् भनी जगन्मोहनमा बताइएको छ । ग्रहमैत्र छैन भने नवपञ्चम पनि शत्रु हुन्छन् भनी शार्ङगधरीयमा शुक्रले बताएका छन् ।

यसैगरी वर बधूको राशि २-१२ (वरको राशिबाट गन्र्दा बधूको राशि दुई पर्छ भने बधूको राशिबाट वरको राशि १२ पर्छ ।) को अन्तर रहन्छ भने दाम्पत्य जीवनमा निर्धनत्व रहन्छ अर्थात् धनको अभाव हुन्छ । यसरी षडगाष्टक परेको, नवपञ्चम परेको, द्विद्र्वादश परेको छ भने वैवाहिक जीवन कष्टकर हुन्छ अन्यथा प्रीतिदायी हुन्छ भनी नारदजीले बताएका छन् : ‘षष्ठाष्टके मृतिनृन्दनवमे त्वनपत्यता । नैःस्वं द्विद्र्वादशेऽन्येषु दम्पत्योः प्रीतिरुत्तमा ।।’ (नारद)

भकूटका प्रकार :
भकूट ६ प्रकारका हुन्छन् : समसप्तक (१-७), तृतीयएकादश (३-१), चतुर्थदशम (४-१०), षडष्टक (६-८), नवपञ्चम (९-५) र द्विद्र्वादश (२-१२)। यिनमा पहिला तीनवटा उत्तम र बाँकी ४ वटा अशुभ मानिएको छ । ६ भकूट राशि स्वामीका आधारमा अशुभ र शुभ रहने गर्दछन् । अर्थात् राशि स्वामीको नैसर्गिक शत्रुता छ भने अशुभ र अन्य स्थितिमा शुभ मानिएको छ ।

१. समसप्तक : १-७, २-८, ३-९, ४-१०, ५-११, ६-१२ माकर्क मकर र सिंह–कुम्भको समसप्तक अशुभ र बाँकी शुभ रहन्छन् । ‘मृगःकुलीरेण घटेन सिंहः वैरप्रदः स्यात्समसप्तकत्वम् ।’

२. चतुर्थदशमका १-४, २-५, ३-६, ४-७, ५-८, ६-९, ७-१०, २-५, ८-११, ९-१२, १०-१, ११-२ र १२-३ गरी १२ प्रकार हुन्छन् । यसमा १, ३, ५, ७, ९, ११ मैत्री वा एकाधिपत्य हुन्छन् । अतःशुभ रहन्छन् भने बाँकी अशुभ रहन्छन् ।

३. तृतीयएकादश सबैलाई उत्तम मानिएको छ ।

४. षडष्टक पनि १२ प्रकारका हुन्छन् । १-८, २-९, ३-१०, ४-११, ५-१२, ६-१, ७-२, ८-३, ९-४, १०-५, ११-६ र १२-७ । यीमध्ये प्रथम, तृतीय, पञ्चम, सप्तम, नवम र एकादश भेदवाला षडष्टक एकाधिपत्य तथा सख्य रहने भएकाले उत्तम र बाँकी शत्रु हुने भएकाले अशुभ मानिएको छ :
‘वैरषडष्टकं मेषकन्ययोर्घटमीनयोः ।
चापाक्षयोर्नृयुक्कीटभयोर्घटकुलीरयोः ।
पञ्चास्यमृगयोर्जन्मराशेः प्रोक्तोद्रशुभप्रदः ।
मित्रषष्ठाष्टकं कीटमेषयोर्वृषजूकयोः ।। कर्किचापभयोर्मीनसिंहयोर्मृगयुग्मयोः । कन्यकाकुम्भयोरन्यत्प्रयत्नादिहवर्जयेत् ।।’
(मूचि. विन्ददेश्वरप्रसाद व्याख्या, पृ. १२३) ५. नवपञ्चमका पनि १२ वटा भेद रहन्छन् । सबै परस्पर मित्र रहने भएपनि ६ वटा शुभ र ६ वटा अशुभ बताइएको छ :
‘मेषे च चापे, मकरे वृषे च, कुम्भे च युग्मे, झषकर्कटे च ।
कुम्भे तुलाायां झषकीटयोश्चशत्रुत्रिकोणे बहुदुःखहानिः ।।
मेषे च सिंहे, वृषभे च कन्यके युग्मे घटे वृश्चिककर्कटे च ।
सिंहे च चापे, मकरे युवत्या, मित्रत्रिकोणे बहुपुत्रलाभः ।।’ (मूचि. विन्ददेश्वरप्रसाद व्याख्या, पृ.१२३) पुरुषको राशिबाट पाँचौं कन्याको राशि छ भने अशुभ तथा नवौ कन्याको राशि छ भने शुभ रहन्छ । द्विद्र्वादशका पनि १२ भेद हुन्छन् । मीनादि समराशिबाट दोस्रो राशि अर्थात् १२-१, २-३, ४-५, ६-७, ८-९, १०-११ एकाधिपत्य हुने भएकाले शुभ बताइएको छ । मेषादिविसम राशिबाट दोस्रो अर्थात् १-२, ३-४, ५-६, ७-८, ९-१०, र ११-१२ भए अशुभ द्विद्र्वादश मानिन्छ ।

खड्गाष्टकआदि दुष्ट भकूटको परिहार :
सबै भकूटको दोष रहँदैन । षडगाष्टादि दुष्टकूटको परिहार यसरी बताइएको छ :

क) एकाधिपत्य : यदि वरकन्या दुबैका राशिस्वामी एउटै छन् भने (एकाधिपत्य छ भने) अर्थात् मकर-कुम्भ, मेष-वृश्चिक, वृष-तुला छन् र नाडी दोष छैन भने विवाह शुभ रहन्छ ।

ख) राशीश्वरसौहृद : यदि वर कन्याका राशिस्वामीमा परस्पर मित्रता छ (मेष-सिंह, मीन-सिंह, मेष-धनु, कन्या-तुला, वृष-मिथुन, कर्क-सिंह, मीन–मेष, वृश्चिक–धनु परस्पर वर कन्याको राशि छ भने) र नाडी शुद्धि (दोषरहित शुभ) छ भने विवाह शुभ रहन्छ ।

ग) अंशपयोर्बलित्व : वर बधूका नक्षत्रभिन्नै छन्, राशि स्वामीमा समता वाशत्रुता छ तर वर बधू दुवैका नवमांशका स्वामीमामित्रता छ भने (दुबैका नवमांशका स्वामीग्रह एक आपसमामित्र छन् भने) र दुवै नवमांशपतिबलवान् पनि छन् (आफ्नो नवमांशमा, उच्चको नवमांशमा, मित्रग्रह (राशि) को नवमांशमावावर्गोम नवमांश) छ भने र नाडी पनि शुद्धि (दोषरहित) छ भने विवाहशुभ हुन्छ ।

मानवजीवनलाई सफल र सार्थक बनाउन समयका सूक्ष्म अवस्थाको विश्लेषण शास्त्रमा पाइन्छ । विवाह सृष्टि प्रक्रियालाई निरन्तरता दिने व्यवस्था भएकाले यो कर्म विशेष विचारणीय हुने गर्दछ । जति पनि गण, नाडी कूटादि मिलानका व्यवस्था छन् ती सबै सुखद् दाम्पत्य जीवनको कामना हेतु नै निर्धारित छन् ।

घ) ताराशुद्धि : यदि वर र कन्या दुबैका तारा उत्तम छन् (तारामा मेल छ) र नाडीको पनि दोष छैन भने विवाह शुभ रहन्छ । ङ) राशिवश्यताशुद्धि : वश्यमेलान छ र नाडी पनि दोष छैन भने पनि विवाह शुभ हुन्छ । (मुहूत्र्तचिन्तामणि, ६।३२)
एकाधिपत्य अर्थात् वर र कन्या दुवैका राशिका स्वामी एउटै ग्रह छन् भने भकूट दोष रहँदैन भनी वसिष्ठले यसरी बताएका छन् :
‘द्विद्र्वादशे वानवपञ्चमे वा षष्ठाष्टके राक्षसयोषिते वा ।
एकाधिपत्ये भवनेश मैत्रे शुभाय पाणिग्रहणं विधेयम् ।। ’ (वसिष्ठ) यदि ग्रहमैत्री छ भने भकूट दोष रहँदैन अर्थात् शुभ हुन्छ भनी शुभफल पनि राजमात्र्तण्डमा यसरी बताइएको छ । ग्रहमैत्री एकाधिपत्यको अभावमा षष्ठाष्टकमा वैरभाव रहन्छ भनी नारदजीले बताएका छन् । यसदेखि बाहेकका षष्ठाष्टक मित्र हुन्छन् भनी जगन्मोहनमा बताइएको छ । ग्रहमैत्र छैन भने नवपञ्चम पनि शत्रु हुन्छन् भनी शार्ङगधरीयमा शुक्रले बताएका छन् ।

मेषादियुग्म (जोडा) राशिमा द्विद्र्वादश शुभ र मेषादियुग्म राशिमा अशुभ रहन्छ भनी जगन्मोहनमा वसिष्ठ र कश्यपले बताएका छन् : ‘द्विद्र्वाशं शुभं प्रोक्तं मीनादौ युग्मराशिषु । मेषादौ युग्मराशौ तु निर्धनत्वं न शंशयः । ...’ (जगन्मोहनमा वसिष्ठ र कश्यप) । वर कन्या दुवैको राशि स्वामीको आपसमा मित्रता छ अथवा दुवैको नवमांशको स्वामीमा मित्रता छ भने गण दोष हुँदैन । उत्तम भकुट भए ग्रहमैत्री जनित दोषलाई नाश गर्ने हुन्छ र ग्रहमैत्री उत्तम भए दुष्ट भकूटको दोष नष्ट हुन्छ भनी मुहूत्र्त चिन्तामणिमा बताइएको छ ।

मानवजीवनलाई सफल र सार्थक बनाउन समयका सूक्ष्म अवस्थाको चिन्तन एवं विश्लेषण शास्त्रमा गरेको पाइन्छ । विवाह सृष्टि प्रकियालाई निरन्तरता दिने व्यवस्था भएकाले पनि यो कर्म विशेष विचारणीय हुने गर्दछ । जति पनि गण, नाडी कूटादि मिलानका व्यवस्था छन् ती सबै सुखद् दाम्पत्य जीवनको कामना हेतु नै निर्धारित छन् । शस्त्रसम्मत कूटको मिलान हुनु दाम्पत्य जीवन पनि सफल रहनु हो । राशि आकाशका ताराविशेषको समूह हो ।

हामी जन्मिएको भौगोलिक स्थानबाट आकाशमा कुन ताराको समूहले प्रतिनिधित्व गरेका थिए देखिएका थिए भन्ने विषयको गणितीय ज्ञानपश्चात् नै वैवाहिक प्रसङ्गमा भकूट मिलानको सन्दर्भ आएको हो । अष्टकूटमध्येको एक भकूट र भकूटमध्येको एक दोष षडष्टक वा खडगाष्टक हो । दोषरहित वैवाहिक जीवन सफल र सुन्दर रहन्छ भन्ने शास्त्रीय मान्यतामा नै यी व्यवस्था निर्धारित पाइन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?