काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिव र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गर्नुभएको छ ।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निःशुल्क उपचार गरिदिनुप-यो भन्नेकुरा नेतादेखि लिएर धेरै खालका मानिसले भन्न आउँछन् । निःशुल्क कसरी गर्ने ? त्यसका लागि चाहिने उपकरण, अरु खर्च कसरी धान्ने र त्यो असपतालमा त्यो रकम छ की छैन, त्यो खालको सुविधा दिनलाई भन्नेमा साँच्चै भन्दा अमुक छ । तर संविधानमा लेखिसक्यौँ, शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार हो । भाषण गर्दा हामी थाक्दैनौँ । तर त्यो कसरी गर्ने भन्ने थाहा छैन । म आएपछि केही व्यवस्थित गरेका छन् । अस्पताल इक्वीपमेण्टहरु खरिदका लागि सरकारले भन्सार छुट दिएको छ । त्यो सुविधा दिएबापत उहाँहरुले पनि सम्बन्धित अस्पतालहरुले सहयोग गर्नुपर्ने हो, सहयोग गरेको अवस्था थिएन । यसलाई हामीले अलि व्यवस्थित गरेका छाँै । अहिले सातै वटा प्रदेशमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघ सरकारको पहलमा धेरै कार्यक्रमहरु गर्दै हिँडेका छौँ । प्रादेशिक अस्पतालका जनरल बेडहरु सबै निःशुल्क भएका छन् । अहिले गरिव विपन्नहरुले उपचार पाउने क्रम अलि बढिरहेको छ । संविधानमा लैख्ने एउटा कुरा, चाहे शिक्षा वा स्वास्थ्य होस् । त्यो कार्यान्वयन हुनुपर्छ । अब उप्रान्त पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपाली मर्दैनन् ।’
मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच