काठमाडौं । चौधरी समूहले नयाँ विद्युतीय गाडी ब्राण्ड आयोन वाई नेपाल भित्र्याएको छ । मंगलबार थापाथलीस्थित नयाँ शोरुममा जिएसी आयोन ब्राण्डको इभी ‘आयोन वाई’ सार्वजनिक गरेको हो । नयाँ कारमा ६१.५ किलोवाट आवरको ब्याट्री प्याक तथा सय किलोवाट पिक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ब्याट्री एकपटकको फुल चार्जमा पाँच सय किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
कारको बाहिरी लुक्स निकै आकर्षक र आधुनिक देखिने एवोन-वाईको इन्टेरियरमा १०.२५ इन्चको एलसिडी इस्ट्रयुमेन्ट क्लस्टर, १४.६ इन्चको ठूलो टचस्क्रिन, अटोमेटिक एयर कन्डिसनिङ, छ स्पिकर, पिएम २.५ एयर फिल्टर, सेकेण्ड रोमा बस्ने यात्रुका लागिसमेत एयर कन्डिसनिङ भेन्ट, माइक्रोफाइबरयुक्त मल्टिफंक्सन स्टेरिङ हिृवल र सिक्स वे पावर एडजस्टेबल ड्राइभर सिटलगायत फिचर रहेको कम्पनीले जनाएको छ । आयोन वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच