
काठमाडौं । 'अर्को विश्व सम्भव छ’ भन्ने मूल नाराका साथ आजदेखि पाँच दिनसम्म चल्ने छ ।
विश्वभरका देशबाट प्रतिनिधि हरु भेला हुने सम्मेलनमा प्रकृति, ब्रह्माण्ड र मानव जीवनका विविध विषयमा चारसय ५० भन्दा बढी सत्रमा विश्वका अनुभवी, दिग्गज र प्राज्ञिक व्यक्तिबाट छलफल, प्रशिक्षण, बहस, पैरवी हुने बताइएको छ । सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा भएको पहिलो विश्व सामाजिक मञ्चको १६औँ संस्करण नेपालमा आयोजना भएको हो ।
नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु संकट, पितृृसत्ता, जातजाती, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्धमा एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक संगठनको सामूहिक शक्तिलाई एकत्रित गर्दै परिचालन गर्ने काम विश्व सामाजिक मञ्चले गर्दै आएको छ ।
नेपालमा हुने यस पटकको सम्मेलनले अहिलेको विश्व व्यवस्थाले अंगिकार गरेका नीति र संरचनाहरुले सृजना गरेका नकारात्मक प्रभावका वारेमा आलोचनात्मक वहस गर्दै वैकल्पिक सोच र विचारहरु निर्माण गर्न र नयाँ विश्व व्यवस्था र तदअनुरुपका नीति‐संरचनाहरु निर्माण गर्न विश्वव्यापी रुपमा दवाव सृजना गर्ने हामीले अपेक्षा गरेका छौँ ।
यस्ले विश्वव्यापी रुपमा सामाजिक तथा जलवायु न्याय, मानव अधिकार, समानता, वातावरण संरक्षण, दिगो शान्ति कायम गर्दै मानव जगतको हित गर्नका लागि योगदान÷दवाव प्रदान गर्ने पनि हाम्रो विश्वास छ । नेपाल आयोजक समिति छ र यसका मातहतमा रहेका मेथोडोलजी तथा कार्यक्रम, लजिस्टिक, लेइजन, कम्युनिकेसन र आइटी, स्रोत व्यवस्थापन, मिडिया इन्गेजमेन्ट, रिसर्च र डकुमेन्टेसन, सेफगार्ड, समावेशी अडिट, अन्तराष्ट्रिय डेलिगेट्स समन्वय, सुरक्षा समन्वय उपसमितिहरुको क्रियाशीलता र अन्तराष्टिय काउन्सिल र एशिया प्यासिफिक समूहको सहजीकरणमा सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलनमा १३ वटा विषयगत विधामा आधारित भएर ४०२ वटा कार्यक्रमहरु दर्ता भएका छन् ।
कार्यक्रममा हालसम्म ९२ देशका १२५२ वटा संस्थाहरु दर्ता भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच