काठमाडौं । कालिटारका बासिन्दालाई दिगो पानीको समाधान उपलब्ध गराउने उद्देश्यका साथ द कोका-कोला फाउण्डेसनले वाटरएड, गोदावरी नगरपालिका र सिआइयुडीसँगको साझेदारीमा कालिटार सस्टेनेबल वास प्रोजेक्ट हस्तान्तरण गरेको छ । परियोजनाले समुदायमा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी पुर्याउने र मानिसको सरसफाइ व्यवहारमा पनि सुधार गर्ने लक्ष्य लिएको छ । फागुन ३ गते वडा ६ का अध्यक्ष विष्णुमान महर्जनमार्फत् उक्त परियोजना हस्तान्तरण गरिएको फाउण्डेसनले जनाएको छ । कार्यक्रमा पूर्वअर्थमन्त्री तथा सांसद उदयशमशेर राणाको पनि उपस्थिति रहेको थियो । फाउण्डेसनका अनुसार परियोजना मुख्यरूपमा तीनवटा प्रमुख उद्देश्यमा केन्द्रित छ ।
पहिलो सो क्षेत्रमा दुईवटा इन्टेक जडान, दुईवटा रिजर्भवेयर ट्यांकी अपग्रेड, २७ सय ६६ मिटर प्रसारण लाइन बिछ्याउने, एक सय ४८ घरधुरी र तीनवटा मन्दिरमा पानीको मिटर जोड्न ३७ सय दुई मिटर पाइप जडान गर्दै खानेपानी प्रणालीको बृहत् पुनस्र्थापना गर्ने रहेका छन् ।
गत भूकम्पपछि लेलेका बासिन्दाले धेरै चुनौती सामना गर्नुपरेको थियो । धेरै पानीका मुहान सुकेका थिए भने अव्यवस्थित सडक निर्माणले स्रोतमा थप हानी पुर्याउने, पहिरो निम्त्याएर स्थिति झनै बिगारेको थियो । फाउण्डेसनले स्थानीय समुदायका लागि सुरक्षित पानीको पहुँचमा सुधार ल्याउन पूर्वाधारको पुनर्निर्माणमा सहयोग गरिरहेको छ । साथमा अर्को चरण स्वीकृतिसँगै परियोजनालाई थप विस्तार गर्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच