अत्यधिक चिसोका कारण मंगोलियामा ५ लाख बढी पशुचौपाया मरे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । अत्यधिक चिसोका कारण मंगोसलयामा ५ लाखभन्दा बढी पशुधन मरेका छन् । आधा लाख भन्दा बढी पशुधन मरेपछि मङ्गोलियाले विपद् पूर्वतयारीलाई उच्च शतर्कतामा राखेको छ । मङ्गोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन-एर्डेनले पशुपालन क्षेत्रमा परेका कठिनाइहरू हटाउन र गोठालाहरूलाई चौतर्फी सहयोग प्रदान गर्न सबै सम्भावित उपायहरू गर्न निर्देशन दिनुभयो ।

बुधवारसम्म कुल ५ लाख ८ हजार ३९ पशुधनको मृत्यु भएको छ । मंगोलिया संसारको अन्तिम जीवित घुमन्ते देशहरूमध्ये एक हो ।

घुमन्तेहरुमा पनि यसको ठूलो असर परेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको संख्या ६४.७ मिलियन थियो ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?