काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भएको छ । पहिलो ओभरको तेस्रो बलमा नेपाली बलर सोमपाल कामीले विकेट लिएका हुन् ।
उनले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराए। नेदरल्यान्ड्सले कुनै पनि रन नबनाई पहिलो विकेट गुमाएकाे थियाे ।
त्यस्तै नेपालकाे अर्काे विकेट रन आउटकाे रूपमा प्राप्त गरकाे हाे । ललित राजबंशीकाे बलमा भीम सार्कीले खेलकाे ५.५ ओभरमा रन आउट गरेका हुन् । ताजा अवस्थामा नेदरल्यान्ड्स ६ ओभरकाे खेल सकिँदा २ विकेट गुमाएर १८ रन बनाएकाे छ ।
आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
आजको खेलमा नेपालले आज दुई परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरी र देव खनाललाई टोलीमा समेटिएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् ।
नेपालको टोली
रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी
बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी
नेदरल्यान्ड्स टोली
स्म्याक्स ओ’डाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस ९कप्तान०, माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच