
काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोली क्यानडा-११ सँग एकदिवसीय सिरिजको पहिलो खेलमा ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २१७ रनको लक्ष्य क्यानडाले अन्तिम ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि नवानित धलिवल र निखिल दत्तले अर्धशतक प्रहार गर्नुभयो । निखिल ६७ रनमा नटआउट रहनुभयो । संयमित इनिङ खेल्नुभएका उहाँले ११५ बलमा ५ चौका र १ छक्का प्रहार गर्नुभयो । श्रेयास मोभाले २७ बलमा २ चौकासहित २३ रन जोड्दै साथ दिनुभयो ।
सृमन्थ विजयरत्नेले ११ बलमा ५ रन जोड्नुभयो । उहाँलाई प्रतिश जिसीको बलमा मिड अनमा क्याच गराउनुभयो । चौथो ओभरमा आरोन जोन्सन राशीद खानले आउट गर्नुभयो । उहाँले ५ बलमा २ रन जोड्नुभयो । त्यसपछि दिलप्रित बज्वा र नवानित धलिवलले ३७ रनको साझेदारी गर्नुभएको थियो ।
दशौँ ओभरमा साहब आलमले लगातार दुई विकेट लिनुभयो । उहाँले चौथो बलमा दिलप्रितलाई एलबिडब्लु र पाँचौँ बलमा हर्ष ठाकरलाई बोल्ड गर्नुभयो । दिलप्रितले ८ रन जोड्नुभयो ।
पाँचौँ विकेटका लागि धलिवल र निखिलले ७५ रनको साझेदारी गर्नुभयो । सागर ढकालको बलमा क्याच आउट हुनुअघि धलिवलले ८० रन जोड्नुभयो । उहाँले ७६ बलमा १० चौका र २ छक्का प्रहार गर्नुभयो । त्यसपछि साद बिन जफर र निखिलले ५४ रनको साझेदारी गर्दै पारी अघि बढाउनुभयो । सादले बसिरको बलमा बोल्ड हुनुअघि ४३ बलमा २३ रन जोड्नुभएको थियो ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन जोड्यो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोड्नुभयो । यस्तै, राशिद खानले ४० रनको योगदान दिनुभयो ।
बसिरले अन्तिम बलमा अर्धशतक पूरा गर्नेक्रममा ५५ बलमा ३ चौका र १ छक्का प्रहार गर्नुभयो । साहब आलम २ रनमा नटआउट रहनुभयो ।
ओपनरद्वय अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गर्नुभएको थियो । अर्जुनले १४ बलमा ४ रन जोड्नुभयो । मयन यादवले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोड्नुभयो । कप्तान विनोद भण्डारी ११ बलमा १ चौकासहित ५ रन बनाएर एलबिडब्लुको धरापमा पर्नुभयो ।
सन्दीप जोराले २५ बलमा २ चौकासहित १४ तथा राशिद खानले ६६ बलमा ५ चौकासहित ४० रन जोड्नुभयो । किरण ठगुन्नाले डिलोन हेलिगरको बलमा क्याच आउट हुनुअघि २५ रन बनाउनुभयो । उहाँले ३२ बलको सामना गर्दै ३ चौका प्रहार गर्नुभयो ।
त्यसपछि विवेक र बसिरले ७४ बलमा ५९ रनको साझेदारी गर्दै नेपालको इनिङ अघि बढाउनुभएको थियो । विवेकले ३४ बलमा १ चौका र १ छक्कासहित २१ रन थप्नुभयो । क्यानडाका लागि कप्तान सादले १० ओभरमा ३० रन खर्चेर ३ विकेट तथा ईश्वरजोत सोधीले २ तथा डिलोन हेलिगर, हर्ष ठाकर र सहिद अहमदजाईले १-१ विकेट हात पार्नुभयो ।
नेपाल ‘ए’को सुरुवाती ११ मा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशिद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा हुनुहुन्थ्यो । यस्तै, वैकल्पिक खेलाडीका रूपमा शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच