काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) ललिता निवास जग्गा प्रकरणमा भएको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । तथापि आफ्नो कार्यालय भवनसमेत रहेको करिब दुर्ई सय ८४ रोपनी सबै जग्गा विशेष अदालतको ३ फागुनको फैसलाको सम्मान गर्ने पनि जनाएको छ । ललिता निवास जग्गा परिघटनामा विभिन्न कालखण्डमा नेपाल सरकारकै पनि नीतिगत निर्णय अस्पष्टताबीच एनआरएनए जग्गा खरिद प्रकरणमा जोडिएको भए पनि तत्कालीन समयमा एनआरएनले जग्गा खरिद गर्दा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार जग्गा दर्ता शुल्कसहित छुट भएकाले जग्गाको वैधानिकतामा एनआरएनए रहेकामा हाल जग्गा नै जफत गरिएको भन्ने समाचारप्रति भने आपत्ति प्रकट गरेको छ । तत्कालीन समयसम्म भोगाधिकार हक र स्वामित्व एनआरएनएमैै निहित रहने एनआरएनएद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनएका अनुसार आफ्नै लगानीमा बनेको वर्तमान केन्द्रीय सचिवालय भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट भवन निर्माणको स्वीकृतिका साथै सर्वोच्च अदालतको निर्णयबाट भवन निर्माण सम्पन्न भएको हो । सर्वोच्चको अन्तिम निर्णयपछि प्रतिकूल अवस्था आएमा पनि एनआरएनएमा जिल्ला अदालत काठमाडौँमा तत्कालीन अवस्थामा एनआरएनएलाई जग्गा बिक्री गर्ने उपर मुद्दा दायर गरी लागत रकम (थैली अंक) प्राप्त गर्ने र सम्पूर्ण क्षतिपूर्ति असुलउपर गर्न पाउने अधिकार निहित नै रहेको जनाएको छ । जग्गा बिक्री गर्नेहरूका बारेमा अदालतमा ‘ललिता निवास काण्ड’ का दोषीहरू किटान भइसकेबाट पनि क्षतिपूर्ति दिलाई पाउने हक अधिकार एनआरएनएसँग रहेको जिरिक गरिएको छ ।
एनआरएनएका अनुसार १४ जेठ २०७२ (कार्यकाल २०१३-२०१५)मा हाल कार्यालय रहेको भवनको तीन रोपनी (जम्मा ४८ आना) जग्गा प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले कुल १२ करोड ७२ लाख (बिक्रेताहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी, सन्दिप ढकाल, उमाकुमारी ढकाल, माधवी सुवेदी) बैंकमार्फत् भुक्तानी गरी किनिएको थियो । पछि २०८० सम्ममा जम्मा करिब २९ करोड लागतमा भवन निर्माण भएको एनआरएनए प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अर्को वर्षदेखि पोखरा म्याराथनमा एनआरएनए पनि
गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्ष बद्री केसीले आगामी वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएले पनि भाग लिने बताउनुभयो । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार सम्पन्न १८औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा उहाँले उक्त जानकारी गराउनुभएको हो । अध्यक्ष केसीले पोखरा म्याराथनमा ८७ देशमा बस्ने नेपालीहरूले समेत अपनत्व लिएको भन्दै खुसी व्यक्त व्यक्त गर्नुभयो । सात लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको एनआरएनएले आगामी तीन वर्षसम्म लगातार प्रतियोगितामा प्रायोजन गर्ने भएको छ ।
प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथनमा ३१ विदेशीसहित कुल एक सय आठ धावकले प्रतिस्पर्धा गरेका थिए । पोखरा म्याराथनको १८औँ संस्करणका पहिलोदेखि तेस्रो स्थानसम्म केन्याली खेलाडीहरू भएका छन् । जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटर दूरी दुई घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गर्नुभएको थियो । केन्याकै इसाक किहारा कमिरीले दुई घण्टा २० मिनेट पाँच सेकेण्डको समयमा पूरा गर्नुभएको थियो भने केन्याका इडविन किप्लागटले थप ४० सेकेण्ड समय लगाउँदा तेस्रो बन्न सफल हुनुभएको थियो । नेपालका किरण सिंह बोगटीले दुई घण्टा २४ मिनेट दुई सेकेण्डमा म्याराथन पूरा गरेर चौथो स्थान प्राप्त गर्नुभयो । बिहीबार पोखरेली मञ्च युकेले तमु धिं युके, बगर भाइ खलक युकेबाट संकलित १९ लाख २४ हजार दुई सय ४० रुपैयाँ पोखरा म्याराथनका लागि सहयोग गरेको थियो ।
संस्थाका अध्यक्ष करम गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । बगर भाइ खलक युकेका अध्यक्ष तथा संघका आइसिसी सदस्य दिलराज गुरुङले आफ्नातर्फबाट नगद ५० हजार हस्तान्तरण गर्नुभएको थियो भने पोखरेली मञ्च अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त एक लाख र आफ्नातर्फबाट संकलित एक लाख ३६ हजार पाँच सय रुपैयाँ हस्तान्तरण गर्नुभएको एनआरएनएले जनाएको छ । म्याराथनमा १३ राष्ट्रका ५० विदेशी खेलाडीले भाग लिएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच