गुल्मी। गुल्मीको तम्घासमा दुई एग्रोभेट सेन्टरमा ताला लगाइएको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेका यहाँका दुई एग्रोभेट सेन्टरलाई जिल्ला प्रशासन कार्यालयले ताला लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार तम्घासको उदिनढुङ्गास्थित मापदण्डविपरित रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरमा ताला लगाइएको हो ।
औषधी व्यवस्था विभागमा दर्ता हुनु पर्नेमा दुई वटै एग्रोभेट सेन्टर दर्ता नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको सूचना अधिकारी गैरेले बताउनुभयो । दुई एग्रोभेट सेन्टरले औषधी व्यवस्था विभागमा आफ्नो एग्रोभेट सेन्टर दर्ता गरी दर्ता प्रमाणपत्र ल्याएमा खुल्ने उहाँले बताउनुभयो ।
आइतबार जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दा पनि आवश्यक कागजात नभेटिएको र औषधी व्यवस्था विभागको आदेशअनुसार दुई वटै एग्रोभेट सेन्टर बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो ।
केही समय पहिले औषधी व्यवस्था विभागले अनुगमन गर्दा यी दुई वटै एग्रोभेट सेन्टरले दर्ता नगरेको भेटेपछि दर्ता गरी प्रमाणपत्र ल्याउन भनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच