काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिन नसकिने बताउनु भएको छ ।
सोमबार ललितपुरको गोदावरीस्थित आयोजना गरिएको महासमिति बैठकमा बोल्दै सभापति देउवाले गठबन्धनको औचित्य, सान्दर्भिकता लगायत विषयको मूल्यांकन र छलफलपछि निर्णय गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ ।’
कुनै एक पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने उनको जिकिर छ ।
सभापति देउवाले गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको बताउनु भयो । भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने उहाँले धारणा थियो ।
संविधानको कार्यान्वयन र रक्षा आजको मुख्य एजेण्डा भएको र यो नेपाली दायित्व भएको बताउँदै उहाँले संविधानको उचित कार्यान्वयनले देशमा शान्ति, सुशासन र विकास ल्याउन सकिने बताउनु भयो ।
सभापति देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच