कर्णाली प्रदेश सरकारको गौरवको योजना : रारा पर्यटन पदमार्ग निर्माण कार्य कछुवागतिमा

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 10 mins

मुगु । पर्यटन प्रवर्द्धनका हिसावले कर्णाली प्रदेशकै गौरवको आयोजनाको रुपमा लिएको रारा पर्यटन पदमार्गको निर्माण कार्य पछिल्लो समयमा ठेकदारको लापरवाहीका कारण ६ महिना यता अलपत्र परेको छ ।

राराको पर्यटन प्रवर्द्धनका लागि आर्थिक बर्ष ०७८/०७९ मा कर्णाली प्रदेश सरकार उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालय अन्त्रर्गत रारा पर्यटन पुर्वाधार विकास कार्यक्रमका लागि डिभिजन वन कार्यालय मुगुले रारा पर्यटकिय पदमार्ग निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।
पर्यटन प्रवर्द्धनका हिसावले कर्णाली प्रदेशकै गौरवको आयोजनको रुपमा लिएको रारा पर्यटन पदमार्ग निमार्णको जिम्मा लिएको ठेकेदारका कारण निमार्णको काम नहुँदा अहिले आयोजना अलपत्र रहेको हो ।

४५ करोड २९ लाख १० हजार ४ सय ७९ रुपैया ६५ पैसामा निमार्णको जिम्मा लिएको खानी थोदुङ्ग क्याराभान जेभी प्राली संग आर्थिक बर्ष ०७८/०७९ मा सम्झौता भएको थियो । सोही आर्थिक बर्षबाट काम थालनी गरी ०८३ मा आयोजना सम्पन्न गर्नु पर्ने भएपनी हालसम्म पदमार्गको ६ दशमलव ९ किलो मिटर ढुङ्गा बिच्छाउने काम मात्र भएको छ । सम्झौता अनुसार १४ किलो मिटर लम्बाई रहेको पदर्मागमा ढुङ्गा १५ सेन्टिमिटर उचाईमा सेमेन्ट १० सेन्टिमिटर पिसीसी र दैलेखको खानी ढुङ्गाका सिलेटहरु बिच्छाउनु पर्ने सम्झौता भएपनि हालसम्म सरोकारावालाहरुको दवावमा थोरै काम भएपनी सन्तोष जनक काम नभएको डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख अमर प्रसाद शाहले बताउनु भयो ।

प्रमुख शाहकाअनुसार डिभिजन वन कार्यालयबाट ८ करोड पेश्कीसमेत लगिएको छ । पेश्की लिएर एक बर्ष सम्म ठेकेदारले काम गरेनन् । पेश्की अनुसारको कामको प्रक्रिया अगाडि नबढेपछी डिभिजन वन कार्यालय मुगुले खानी थोदुङ्ग क्याराभान जेभी प्रालीको जमानत बसेको प्राईम क्रमसियल बैकलाई क्षेति पुर्तिसहित पेश्की लिएकाे रकम फिर्ता गर्न पत्रचार गरेपछी ठेकेदार पक्षले आफ्नो काम गर्ने अवधी पाँच बर्ष भएको भन्दै उच्च अदालत पाटनमा रिट दायरा गरेको थिए । उच्च अदातलतले उक्त रिट खारेज गरी डिभिजन वन कार्यालय मुगुको पक्षमा फैसला गरेपछी बल्ल पछिल्ला केही महिना यता केही काम भएको छ ।

ठेकेदारले लिएको ८ करोड मध्ये ४ करोड २५ लाख बराबरको मात्र काम भएको छ । समयमै भएको काममा थप काम गर्दै नजाने हो भने काम भएका स्थानहरुमा बिच्छाएका ढुङ्गा भत्कीदै र पुरिदै जान सक्छ त्यस्ता स्थानमा पुन निमार्ण तथा मर्मत गर्नुपर्ने हुन्छ । अहिले निर्माण भएको ६ दशमलव ९ किलो मिटर बिच्छाएका १ हजार ५ सय ५२ दशमलव ५ घन मिटर ढुङ्गाहरु मध्ये ठेकेदारले २ सय २० मिटर पुन मर्मत गर्नु पर्ने डिभिजन वन कार्यालय मुगुका ईन्जिनियर धनसिंह रोकायाले जानकारी गराउनु भयो ।

उक्त पदमार्गमा बिच्छाउने ढुङ्गा भ्याट सहित प्रति घनमिटर २५ हजारमा निकुञ्ज क्षेत्र बाहिरबाट ढुवानी गरेर पदमार्गमा प्रयोग गर्न डिपिआरमा उल्लेख भई डिभिजन वन कार्यालयमा सम्झौता भएको छ ।

जिल्लाका चारै स्थानिय तहहरुमा जिल्ला दररेट भ्याटसहित प्रति घन मिटर ७ हजार ९ सय ९८ रुपैया लागु गरिएको भएपनी उक्त आयोजनको डिपिआरमा ढुङ्गाको मुल्य बढी राखी निकुञ्ज भित्रकै आयोजना निमार्ण गर्दा निकुन्ज भित्र बाटै दुङ्गा प्रयोग गरि डिपीआर बिपरीत स्थानबाट ढुङ्गा प्रयोग गरिएको पाईएको छ । यो हिसावले पनि डिपिआर बनाउदा देखि मिलोमतोमा काम भैरहेको प्रष्ट देखिन्छ ।

कर्णाली प्रदेशकै पर्यटन क्षेत्रको गौरवको योजना भएको र निमार्ण कार्यमा ठेकेदार पक्षले ढिलाई गरेको भन्दै कर्णाली प्रदेश सरकार उद्याेग, पर्यटन बन तथा वातावरण मन्त्रि कृष्णा कुमार बिसी र उक्त मन्त्रालयका सचिवसमेत निमार्ण स्थलमा पुगेका भएपनि कामको गतिलाई अगाडि बढाउन नसकेको, कामको गति अगाढी बढाउन ठेकेदार पक्षलाई कर्णाली प्रदेश सरकार, सम्बन्धित मन्त्रालय, वन डिभिजन कार्यालयलगाएत सबै सरोकार निकायहरुले दवाव दिए पनि ठेकदरले काम नगरि अटेरी गरिरहेको देखीएको छ । यो आयोजना सुरुवात देखी नै केही पुर्व मन्त्रालयका कर्मचारी र मन्त्रीहरुको सेटिङ्गबाट सन्चालन भएको देखीन्छ । अब यो आयोजना छिटो निमार्ण गर्नको लागी हरपहल कर्णाली प्रदेश सरकार र मातहत मन्त्रालयमा पहल भई रहेको छ । विषेष गरी मूख्य ठेकेदार आयोजना स्थलमा नआउने । दोर्सो,तेर्सो पक्षका ब्यक्तिहरुलाई न्यून दरमा कामको जिम्मेबारी दिर्ने गरेको । आयोजनाको काम गर्ने रकम मूख्य ठेकेदारले लिने र पेटिवालाले नपाउने प्रबृत्तिका कारण यो आयोजना पछिल्लो समयमा अलपत्र परेको मुगु जिल्ला प्रदेश क्षेत्र नम्बर १ का संसद एवं कर्णालि प्रदेश सरकार नि वर्तमान मन्त्री जीतबहादुर मल्ल बताउनु हुन्छ ।

यो पदमार्ग निर्माण सम्पन्न भए पछी यसलाई साईकल मार्गमा परिणत गर्ने उदेश्य डिपिआरमा भएको भएपनी डिपिआरमा यो मार्गको चौडाईका बिषयमा कमजोरी देखिएको जिल्ला वन कार्यालय मुगुका कर्मचारीहरु बताउछन् ।

रारा राष्ट्रिय निकुन्ज निमित्त संरक्षण अधिकृत राजु घिमिरे यो पदमार्ग निर्माणाधिन अबस्थामा भएकाले केही संशोधन गर्नु पर्ने सुझाव दिनु हुन्छ । उहाँ भन्नू हुन्छ, 'पदमार्ग भनिए पनि यो साइकिलिङ्ग रोड हो त्यसैले अहिले चौडाइ १ दशमलव ५ मिटर छ यस्लाइ कम्तिमा २ मिटर बनाउनु पर्छ कतै ग्रेट मिलेको छैन त्यो मिलाउनु पर्छ ।'

यो पदमार्यको डिपीआर डिभिजन वन कार्यालय मुगुबाट नभई उद्याेग, पर्यटन बन तथा वातावरण मन्त्रालय सुर्खेत मार्फत कन्सन्टेन्सीले तयार पारेको थियो ।

जिल्लाका चारै स्थानिय तहहरुमा जिल्ला दररेट भ्याटसहित प्रति घन मिटर ७ हजार ९ सय ९८ रुपैया लागु गरिएको भएपनि यो आयोजनाको डिपिआरमा ढुङ्गाको मुल्य बढी राखी निकुञ्ज भित्रकै ढुङ्गा प्रयोग गरिएको पाईएको छ । भने ठेकदारले कामदारलाई प्रति घन मिटरको ३५ सयका दरले काम दिए पछि ६ सय मिटर १ सय ३५ धन मिटर काम गरेको ३ हजार ५ सयका दरले हुन आउने ३३ लाख ७५ हजार भन्दा बढी रकम नपाएको १ प्याक चामल ,१ पोका तेल पाएको १५ जनाले ६५/६५ दिन काम गरेको एक रुपैयाँ नपाएको पिटी कामदार ठेकेदार जसिमल भियालले बताउनु भयो ।

'२०७९ सालका काम लिएको हो । ४ सय ८० धन मिटर काम गरेको हुँ । डिभिजन बन कार्यालयबाट ठेक्कादारले ८ करोड लिई सकेको र मैले एक रुपैया पाएको छैन ६०,७० जना कामदार लगाएको थिए । राशन बापत ६,७,लाख खर्च भएको छ । पाउनु पर्ने १४,१५ लाख भन्दा बढी छ । मुख्य ठेकदार चन्द्र थकाली जुम्लाको रहेछ । मलाई हुम्लाको धुब्र कुमार शाहीले काम लगाएका हुन् । मैले ६०,७० जनालाई काम लगाए मलाई ठेक्कादारले एक रुपैया दिदैन । म कसरी कामदारलाई ज्याला दिने,' आयोजनाका तेस्रो पेटि ठेकदार रत्न बहादुर सावत बताउनु हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?