
काठमाडौं । आयोजक द चाँगबाग स्कुलका ‘ए’ र ‘बी’ दुवै टोली चाँदबाग दोस्रो कम्फेस्टअन्तर्गत यू-१२ गल्र्स बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा चाँगबाग ‘ए’ को भेट चेल्सी वल्र्ड स्कुलसँग हुनेछ भने चाँगबाग ‘बी’ ले रिब्सको सामना गर्नेछ । बाँकी क्वाटरफाइनल निसर्ग वाटिका र लिटिल वन्डर तथा बौद्ध चिल्ड्रेन हेभन र काष्ठमण्डपबीच हुनेछ ।
यू-१२ ब्वाइज बास्केटबलमा पनि क्वाटरफाइनल समीकरण पूरा भएको छ । प्यारागनले जेभियर इन्टरनेसनल, बौद्ध चिल्ड्रेन हेभनले ज्ञानोदय, गुहृयेश्वरीले बिडिएस र होली भिजनले मनास्लुविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
यू-१२ ब्वाइज फुटबलमा चाँदबागका तीनै टोली प्रिक्वाटरफाइनलमा पुग्न सफल भए । चाँदबागका ‘ए’, ‘बी’ र ‘सी’ प्रिक्वाटरफाइनलमा पुगेका हुन् । प्रिक्वाटरफाइनल पुग्ने अन्य टोलीमा लिटिल वन्डर, संस्कृति, जेभियर, बोधीसदन, एलआरआई, रिब्स, गुहृयेश्वरी, जोन डेवी, रेडिअन्ट पब्लिक, टिआइए, काष्ठमण्डप र थ्रीस्टार रहेका छन् ।
यता माउण्ट सेब आठौँ अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । माउण्ट सेबले युनाइटेड युनिभर्सललाई टाइब्रेकरमा ३-२ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएको थियो । ब्रहृमकुञ्जले कौटिल्यलाई १-० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । राजदीप पण्डितले निर्णायक गोल गर्नुभयो ।
काँडाघारीस्थित अर्किड प्युपल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेक्सस एकेडेमी र श्रमशील विद्यापीठ प्रिक्वाटरफाइनलमा पुगे । नेक्ससले उज्ज्वल तारामाथि ४-० को सहज जित दर्ता गर्यो । नेक्ससका जयसन कार्की र सुरज स्याङ्तानले समान २–२ गोल गर्नुभयो । श्रमशीलले कौस्तुभ एकेडेमीलाई १-० गोलले पाखा लगायो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच