
मुगु । कुनै बेला थियो मुगुमा रहेका कृषि कार्यालय, संघ संस्था र कृषकहरुले स्याउका बिरुवा ल्याउन जुम्ला वा भारत तिर जानू पर्थ्यो । तर अहिले परिस्थिती बदलिएको छ । मुगु मै कृषकहरुले व्यवसायिक स्याउका बेर्ना व्यवसाय शुरु गरेका छन् ।
उनिहरुले स्याउलगायत विभिन्न फलफुलका बिरुवा व्यवसायिक रुपमा उत्पादन गर्न थालेका छन । उनिहरुले स्याउ, ओखर, कागती, आरु, अमिलो, सुन्तला आदिका बेर्ना बनाइ बिरुवा विक्री गर्दै आएका छन् ।
मुगु हिमाली जिल्ला भएकाले यहाँको हावापानी स्याउको लागि उत्तम मानिन्छ । मुगुको स्याउ किन्न व्ययपारीहरु वारि मै आउन थालेपछी अहिले मुगालीहरु आफ्ना परम्परागत खेती छोडेर व्यवसायिक स्याउ बगैचामा लागेका छन् ।
जिल्ला मै स्याउका विरुवाको माग बढ्न थालेपछी स्याउका विरुवाको व्यवसायिक वेर्ना उत्पादन गर्ने कृषक पनि जिल्लामा बढ्दै गएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्ल केही वर्ष पहिला स्याउका बिरुवा ल्याउन बाहिरि जिल्ला र भारतसम्म जानुपर्ने अवस्था रहेकाे बताउनु भयाे । आफुहरुले स्याउका बेर्ना उत्पादन, स्याउ खेती बारे तालिम दिए पछि र जिल्लाको स्याउको माग बढ्न थालेपछी जिल्ला मै बेर्ना उत्पादन गर्ने व्यवसायी बढेको उहाँ बताउनु हुन्छ । उहाँले भन्नूभयाे,- '३ वर्ष यता बाट हामीहरुले जिल्ला कै कृषकबाट स्याउका बिरुवा किनेर कृषकलाई वितरण गर्दै आएका छौ । हामी स्याउका विरुवामा आत्मनिर्भर बनेका छौ, यहाँको पैसा यहाँकै कृषकको हात गएको छ । प्रत्यक वर्ष कार्यालयले स्याउका बिरुवा खरिद गर्छ । यो वर्ष कार्यालयमा १९ वटा स्याउका वेर्ना उत्पादन गर्ने व्यवसायिक फर्म सुचिकृत छन् । हामीले ती नै फर्महरुले उत्पादन गरेका स्याउका बिरुवा लिएका छौ ।'
प्रति स्याउका बिरुवा ५० रुपैयाँका दरले व्यवसायीले मूल्य पाएकाे उहाँले बताउनु भयाे । कम्तिमा एक व्यवसायिले एक सिजनमा स्याउका बिरुवा विक्रीबाट मात्र कम्तिमा ५० हजार देखि अधिकतम २ लाख कमाउने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुले जनाएको छ ।
परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगु प्रमुख तेज विक्रम मल्लले चालू आथिक वर्षमा कार्यालयले चक्लावन्दि शिर्षकबाट १० हेक्टरमा जमिनमा स्याउ लगाउन ३ हजार र स्याउ क्षेत्र विस्तार कार्यक्रमका लागि ६० हेक्टर जमिनमा स्याउ लगाउन १८ हजार स्याउका बिरुवा गरि जम्मा २१ हजार स्याउका बिरुवा खरिद गरि स्याउ कृषकलाइ वितरण गरिने बताउनुभयाे । यी सबै बिरुवा मुगु कै वेर्ना व्यवसाय गरेका कृषकहरुबाट खरिद गरिने पनि प्रमुख मल्लले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच