काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाएपनि देशको अर्थतन्त्रले धान्न नसकेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताउनु भयो ।
उत्कृष्ट संविधान बनाएको भएपनि देशको अर्थतन्त्रले धान्न नसकेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, हामी यतिधेरै सांसद्, प्रदेश र प्रदेशसभा सदस्य, यतिधेरै मन्त्रीहरु प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो ? के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो स्वार्थमात्रै हो ?'
गलत आर्थिक नीतिको कारण अर्थव्यवस्था सीमित व्यक्तिको हातमा पर्न गएको भन्दै सांसद भण्डारीले यस्तो व्यवस्था अन्य मुलुकमा नभएको दाबी गर्नुभयो ।
अर्थतन्त्रका एक भन्दा बढी क्षेत्रमा एकै व्यक्तिको स्वामित्व रहेको भन्दै सांसद भण्डारीले यो गलत भएको बताउनु भयो ।
‘उसैको हातमा बैंक छ, उसैको हातमा उद्योग छ, उसैको हातमा बीमा छ, उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ, उसैको हातमा स्कुल छ, उसैको हातमा जमिन खन्ने लाइसेन्छ छ’ सांसद भण्डारीले भन्नुभयो, ‘अब यो देश कसरी बन्छ ?’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच