एक्साइडको डिलर मिट सम्पन्न

Read Time = 1 min

काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरिका सयभन्दा धेरै डिलर, सिप्रदी ट्रेडिङ प्रालिका प्रतिनिधि र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिको सहभागिता थियो भने विभिन्न विधामा सर्वोत्कृष्ट डिलरलाई सम्मानसमेत गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो, ‘हामी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकले गर्नुभएको अगाध माया र बलियो विश्वास हो ।’ देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिक, दुईपांग्र्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?