
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, पठाकोभन्दा १० गुणा बढी पाऔँ’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङलाई पाँच लाख ३० हजार सात सय ५० र कोरियाबाट रेमिट्यान्स पठाउने सुवास लिम्बूलाई एक लाख हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चित हांस्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मंसिर १५ गतेसम्म नेपालीहरूको महान् चाड २०८० सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै उपहार योजना सञ्चालन गरेको थियो ।
सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना एकजनालाई जनही एक लाख, हरेक हप्ता पाँचजनालाई जनही २५ हजारका साथै ६१ दिन लगातार हरेक दिन सय विजेतालाई जनही पाँच सयको वालेट टपअप र अन्त्यमा एकजना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । सोहीअन्तर्गत ६१ सयजनाले दैनिक उपहार, ४५ जनाले साप्ताहिक उपहार र दुईजनाले मासिक उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच