
काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकाेमा उजुरी परेको छ ।
काठमाडौंको थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको हो । उ
काभ्रेपलाञ्चोक चौरीदेउराली गाँउपालिका–३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी भनेर उजरी दिइएको छ ।
सविनाले २६ दिनअघि छोरीलाई थापाथलीस्थित प्रसूति अस्पतालमै शल्यक्रिया गरेर जन्माएकी थिइन्। लगातार उपचारमा रहदै उनलाई तीन दिनअघि मात्रै शिशुसहित घर लगिएको थियो ।
जन्डिसकै फलोअपमा उनीहरू अस्पताल आएका थिए।
घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको प्रहरीले जनाएको छ । त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो।
बिरामी शिशुको उपचारका लागि अस्पताल आइपुगेका देउरानी–जेठानी डाक्टरको पालो कुर्ने लाइनमा भएका बेला अर्की एक अपरिचित महिलाले म बोकिदिन्छु भनेपछि आमाले दिएकी थिइन्। त्यसपछि उनी शिशुसहित गायब भएकी हुन्।
प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ । प्रहरीले अहिले बच्चासहित लिएर जाने महिलालाई खोजिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच