जुम्ला । जुम्ला जिल्लाका करिब १० हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाले यहाँको एक नगरपालिका सहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा १५ महिना माथि पाँच वर्षमुनिका १० हजार सात जना बालबालिकालाई यही फागुन १३ गतेबाट खोप दिइने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामा दुई चरणमा खोप अभियान संचालन गरिने भएको छ । अभियानका लागि ९५ जना स्वास्थ्यका जनशक्ति परिचालन हुने भएकाछन् । जिल्लाभर एक सय ६० वटा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।
पहिलो चरण अन्र्तगत चन्दननाथ नगरपालिका,गुठिचौर गाउँपालिका ,पातारासी र तातोपानीमा फागुन १३ देखि १८ गतेसम्म र दोस्रो चरणमा तिला गाउँपालिका ,हिमा,सिंजा र कनकासुन्दरीमा १९ गतेदेखि फागुन महिनाको अन्तिमसम्म खोप अभियान संचालन हुने जनस्वास्थ्य कार्यालय जुम्लाका सूचना अधिकारी प्रेम सुमाईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच