सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बृहत शैक्षिक तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्न केहीबेर अघि बागमती आइपुग्नुभएको छ ।
नेपाली सेनाको हेलिकप्टर चढेर आउनु भएका प्रधानमन्त्री प्रचण्डले बागमती नगरपालिकाले वडा नं. ११ स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा आयोजना गरेको एक दिने शैक्षिक महोत्सवको केहीबेरअघि उद्घाटन गर्नुभएको हाे ।
प्रधानमन्त्री प्रचण्ड दिउँसो २ बजे नै आइपुग्ने भनिए पनि २ घण्टा ढिलो गरी अपरान्ह ४ बजे आइपुग्नुभएको हो । कर्मैयास्थित फुटबल चौरदेखि उत्तर हेलिकप्टर ल्याण्ड गर्ने बित्तिकै नगरप्रमुख भरतकुमार थापा, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्नुभयो ।
अहिले सातै प्रदेशको भेषभुुषा र पहिचान झल्कने नृत्य चलिरहेको छ । सिरहामा पुल उद्घाटनपछि प्रधानमन्त्री प्रचण्ड सर्लाही आइपुुगेका हुुन् । प्रधानमन्त्री प्रचण्डसँगै सहरी विकास मन्त्री सीता गुरुङ पनि यहाँ आउनु भएको छ ।
नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत आयोजित शैक्षिक महोत्सवमा तीन हजार विद्यार्थी र करिव १५ हजार अभिभावकलाई सहभागी गराइएको बागमती नगरपालिकाले जनाएको छ । महोत्सवमा सातै प्रदेशको सँस्कार, सँस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गरिँदै छ । । विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरुको सर्वागिण विकासका लागि समाजको मौलिकता, संस्कार, सँस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा साँस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाले जनाएको छ ।
शैक्षिक तथा साँस्कृतिक महोत्सवलाई भव्य बनाउन बागमती नगरपालिकाले तीन महिनाअघि देखि तयारी गरिरहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच