
काठमाडौं । सन्तोषी श्रेष्ठले धरान १० के महिलातर्फको उपाधि जित्नुभएको छ । पोखरामा हाफ म्याराथनको उपाधि जितेको एक सातामा शनिबार धरानमा भएको १० किमीमा सन्तोषी पहिलो हुनुभएको हो । सन्तोषीले ३८ मिनेट ०८ सेकेण्डमा दौड पूरा गर्दै उपाधि जित्नुभएको हो ।
छेन्बीमाया माया राई (४४ मिनेट ०२ सेकेण्ड) दोस्रो र इन्द्रकला नेम्बाङ (४४ मिनेट २८ सेकेण्ड) तेस्रो हुनुभयो । सन्तोषीले गत महिना बंगलादेशमा भएको बंगबन्धुमा दक्षिण एसियालीतर्फ म्याराथनको उपाधि जित्नुभएको थियो । चार वर्षअघि नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण पदक जित्नुभएको थियो ।
पुरुषतर्फ केन्याका जुलियस मुरुकीले उपाधि जित्नुभएको छ । मुरुकीले ३२ मिनेट ५० सेकेण्डमा दौड पूरा गर्दै उपाधि जित्नुभएको हो । उहाँले गत साता पोखरा म्याराथनको उपाधि जित्नुभएको थियो । १० के मा प्रशान्त तामाङ (३४ मिनेट) दोस्रो र पवन राई (३४ मिनेट ११ सेकेण्ड) तेस्रो हुनुभएको छ । भेट्रान्सतर्फ रेव दाहाल विजयी हुनुभयो । ३९ मिनेट १५ सेकेण्डमा दौड पूरा गर्दै रेवतले उपाधि जित्नुभएको हो । कर्मा शेर्पा (४२ मिनेट ४२ सेकेण्ड) दोस्रो र प्रवीण राई (४४ मिनेट ४८ सेकेण्ड) तेस्रो हुनुभयो ।
तिलविक्रम सम्बाहाम्फेले सुपर भेट्रान्सको उपाधि जित्नुभयो । तिलविक्रमले ४४ मिनेट १९ सेकेण्डमा दौड पूरा गर्नुभयो । वीरेन्द्र लिम्बू (५० मिनेट ३४ सेकेण्ड) दोस्रो र वीरमान तामाङ (५३ मिनेट २७ सेकेण्ड) तेस्रो हुनुभयो । १० के का दुवैतर्फका विजेताले ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विधामा गरी झण्डै तीन हजार सात सयले भाग लिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच