
काठमाडौं । भारतको प्रतिष्ठित व्यावसायिक समूह एबी ग्रुपले नेपाली बजारमा एमके र एमके मोटो ब्राण्डका टु हिृवलर पार्ट्स ल्याएको छ । नेपाली बजारमा पहिलेदेखि नै विभिन्न ब्राण्डका टु हिृवलर पार्ट्स उपलब्ध गराउँदै आएको पौडेल इन्टरप्राइजेजले अबदेखि एमके ब्राण्डका पार्ट्स पनि उपलब्ध गराउने भएको छ । एक कार्यक्रमबीच एबी ग्रुप र पौडेल इन्टरप्राइजेजले व्यापारिक साझेदारीको घोषणा गरेका हुन् । रिटेलर गेट टुगेदर नाम दिइएको उक्त कार्यक्रममा एमके र एमके मोटो ब्राण्डका विभिन्न पार्ट्स सार्वजनिक गरिएको थियो ।
एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर ऋषभ भण्डारी, एमके अटोमोटिभ इण्डियाका नेसनल सेल्स एड्भाइजर एसबी एम तिवारी, एचआर हेड पंकज चौहान र सिनियर एडमिन अफिसर खालिद सिद्दिकी तथा पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर नारायणप्रसाद पौडेल (राजन) ले संयुक्तरूपमा पार्ट्स सार्वजनिक गरेका थिए ।
एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर भण्डारीले सन् १९५९ देखि नै विभिन्न मोडलका स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको एबी ग्रुपले नेपाली बजारमा पहिलोपटक आफ्नो ब्राण्ड उपलब्ध गराएको र सधँै गुणस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको मान्यतालाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर पौडेल (राजन) ले विगत २५ वर्षदेखि दुर्ईपांग्रे सवारीसाधनका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराइरहेको र अब थप गुणस्तरीय उत्पादन एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ एमके ब्राण्ड रोजेको बताउनुभयो । विगत छ महिनादेखि नै उक्त ब्राण्ड आफूले परीक्षण गरेर सहकार्य गर्ने निर्णयमा पुगेको उहाँको भनाइ थियो ।
एबी ग्रुपअन्तर्गतको एमके अटोमोटिभले उत्पादन गर्ने एमके र एमके मोटो ब्राण्डका गुणस्तरीय इनर क्लच, क्लच एसेम्बली, क्लच हब प्लस सेन्टर, क्लच प्लेट, ब्रेक शु, क्लच शु र डिस्क ब्रेकलगायत कम्पनीले नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच