ब्रोकर लाइसेन्ससम्बन्धी प्रस्ताव पारित गर्न लगानीकर्ताको ध्यानाकर्षण

Read Time = 1 min

काठमाडौं । धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर लाइसेन्ससम्बन्धी नीतिगत प्रस्तावलाई असफल बनाउन लागिएको भन्दै सेयर लगानीकर्ता एकता समिति नेप्सेको कार्यालयमा पुगेको छ ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको र यसलाई असफल बनाउन केही मन्त्री नै लागिपरेको उनीहरुको आरोप छ । यस विषयमा ध्यानाकर्षण गराउन लगानीकर्ता नेप्से कार्यालय पुगेका हुन् ।

बिहिबारसम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भई कार्यान्यनमा नआए सरकार राजनीतिक दलविरुद्ध आन्दोलनमा उत्रिने लगानीकर्ताको चेतावनी छ ।

यसबारे आज नै लगानीकर्ताले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?