![एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालको कृषिको चर्चा](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Nepal-agriculture-discussed-in-Asia-Pacific-regional-conference.jpg)
✍️ रमेशप्रसाद गौतम
आजको विश्व दृष्टिकोणमा मानिसमा जीवन र जगतलाई बुझ्न समाजको आर्थिक, राजनीतिक र सामाजिक घटनाक्रमलाई वस्तुनिष्ट ढंगले बुझ्ने आधारको विकास हुनु जरुरी छ । मानिस विकसित वैज्ञानिक चेतनाले माथि पु¥याएको छ । यसैभित्रको भावना र उत्तेजनाले संसारमा हत्या हिंसा, क्रूरता अनेक घटना भइरहेका छन् । नागरिक चेतनामा अधिक, स्वतन्त्र, लोकतन्त्र आदि कुराले अरू सजगता बढाएको छ । सम्मानपूर्ण जीवन यापनका आधारमा जिउने कला अरूलाई दुःख कष्ट दिनु हुँदैन भन्ने मान्यताको संख्या बढेको छ ।
मानव इतिहासमा अनेक हत्या हिम्सा, क्रूरता, षड्यन्त्र र छलकपटका थुप्रै कथा सुन्न पाइन्छ भने अर्कातर्फ सुन्दर, सभ्य र सुसंस्कृत समाजमा पनि रहेको पाइन्छ । जसरी मृदुभाषी र दयालु राम, कृष्ण थिए भने त्यस्तै नैतिक आचारणको आयतनमा विपरीत ध्र्रुबका सुर र असुर गुणका द्रुयोधन, रावण जस्ता पनि थिए । अझै पनि समाजमा जनताका नाम शोषण र निहित स्वार्थमा लाग्ने राजनीति नेतृत्वहरू नभएका चाहिँ होइनन् ।
हाम्रो शिक्षा स्वस्थ छैन । शिक्षा रोगाउनु भनेको सिंगो देश रोगाउनु हो । चेतनाविनाको समाज कहिल्यै माथि उठन सक्दैन । चेतना जगाउने काम नागरिक शिक्षाको हो । नागरिक शिक्षाले नै असल स्वभाव, अनुशासन, सदाचार, प्रेम सद्भाव, सामाजिक दायित्वको बोध गराउँछ ।
राजनीतिलाई नैतिक धरातलमा उभ्याउने माध्यम ज्ञान योग हो । मानिसले आफूप्रति र अरूप्रति गर्ने व्यवहारको कसी कहाँ खोज्ने ? नैतिकता र प्रजातन्त्रको कुरा गर्दा न्याय, निष्पक्षता अधिकार र विधिको शासन आउँदछन् । हाम्रा आधारभूत कुरामा कुन राम्रो कुन सही कुन गलत, कुन न्याय, कुन अन्याय आदिको विश्लेषण गरी सदाचार, दुराचारका सम्बन्धमा यथेष्ट बोध हुनु जरुरी छ । अनिमात्र देशप्रेम, सहयोगी भावना सहिष्णुता कुशल व्यवहार प्रदर्शन हुनसक्दछ । यसका लागि आधारभूत नागरिक चेतनाको खाँचो पर्दछ । नागरिक चेतनाको माध्यम नागरिक शिक्षा हो ।
मानिसलाई अन्य प्राणीभन्दा माथिल्लो कोटिमा राखिनुको मूल आधार नै मानिसमा भएको दया, माया, करुणा, सदभाव र विश्वास हो । मानिस अरूको राम्रो व्यवहारप्रति कृतज्ञता प्रकट गरेर क्षमाशीलता देखाएको सकरात्मक पक्ष देखिन्छ भने अर्कातर्फ आक्रोस पोखेर समाजमा भइरहेको अन्याय र अत्याचारविरुद्ध खबरदारी गरिरहेको देखिन्छ । कसैलाई पिट्नु गलत हो, अरूलाई आवश्यक परेको बेला मद्धत गर्नु राम्रो हो भन्ने बुझाई सबै सामाजिक प्राणीमा हुन्छ । प्राणी मात्रमा निहित यस्ता भावना बाच्न अति जरुरी छ । भोक लागेपछि मान्छेले खाना खोज्दछ तिर्खा लागेपछि पानी पिउँछ ।
मानिस सामाजिक प्राणी भएकाले सबैसँग मिलेर बस्न सिक्दछ । बाँच्नका लागि सामूहिक सहकार्य नगरी हुँदैन । समाजमा सबैसँग मिलेर बस्न सकेर नै पृथ्वीमा जीवको नै अस्तित्व कायम हुँदै आएको छ । मानिस आफू बाँच्न र आफ्नो अनुवंशको रक्षा र निरन्तरता चाहन्छ । नागरिक चेतनाबाटै समाज रूपान्तरण हुँदै आएको छ । अहिले हाम्रो समाज अविश्वास, असुरक्षा, अभाव, कुशासनजस्ता रोगले ग्रसित छ । यस्तो रोग कहाँबाट आयो ? कसरी निधान गर्ने भन्नेतर्फ कसैको ध्यान गएको छैन । हाम्रो शिक्षा स्वस्थ छैन । शिक्षा रोगाउनु भनेको सिंगो देश रोगाउनु हो । चेतनाविनाको समाज कहिल्यै माथि उठन सक्दैन । चेतना जगाउने काम नागरिक शिक्षाको हो । नागरिक शिक्षाले नै असल स्वभाव, अनुशासन, सदाचार, प्रेम सद्भाव, सामाजिक दायित्वको बोध गराउँछ ।
हरेक नागरिकले आफू जन्मेको देशको सदस्यतावापद उसले नागरिकता पाउने हो । यसैबापत उसले त्यस देशको संविधान मुताविक पूर्णअधिकार पाउँछ । राज्यप्रति नागरिकको बफादारिता चाहिन्छ । जुन मुलुकका नागरिक राज्यप्रति बफादार हँुदैन त्यो राष्ट्र कमजोर हुँदै जान्छ । नागरिक शिक्षाले हरेक नागरिकको अधिकार र कर्तव्यबारे यथेष्ट ज्ञान दिलाउँछ । नागरिक शिक्षा राज्यका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत राज्यका सबै संवैधानिक अंगहरूका काम कारबाहीबारे पनि जानकारी गराउँछ । नागरिक शिक्षाको ज्ञानबाट नै नागरिकलाई आफ्नो अधिकार र कर्तव्यको ज्ञान दिलाउँदै लोकतान्त्रिक मूल्यमान्यता र संवैधानिक कानुन पालना गर्न सिकाउँदै सार्वजनिक जीवनमा सकृय हुन अग्रसर गराउन मद्धत गर्दछ ।
यसर्थ प्राथमिक शिक्षादेखि नै सामाजिक ज्ञान र सीप सिकाउँदै लग्नुपर्ने हुन्छ । नागरिकलाई आफ्नो व्यक्तित्व विकाससँगै, सामाजिक, आर्थिक, भाषिक, सांस्कृतिक पक्षको प्रवद्र्धन गर्न संघ संस्था खोल्न पूर्णस्वतन्त्रता हुनु जरुरी छ । आज बढ्दो नागरिक चेतनाका लागि नागरिक शिक्षाको माध्यमलाई नै जोड दिनुपर्ने हुन्छ । लोकतान्त्रिक संस्कार र संस्कृति वृद्धिमा लाग्न पनि नागरिक शिक्षा नभई हुँदैन । नागरिक शिक्षा प्रत्येक नागरिकसम्म पुर्याउन विद्यालय, क्याम्पस विश्वविद्यालय तथा आमसञ्चारको माध्यम चाहिन्छ । नागरिक शिक्षाले नागरिकलाई आफ्नो भलोका साथै अरूको पनि कसरी हित हुन्छ भन्नेबारे सोच्छ र आइपर्ने समस्यालाई समाधानको बाटो पैल्याउन सिकाउँछ ।
मित्रसँगको सहयोग र सरकारसँग कसरी सहायता लिने भन्नेदेखि समाजका कमजोर र सीमान्तकृत वर्गको उत्थान कसरी गर्ने र आपसी सहअस्तित्वको भावना जगाउनमा समेत महत्वपूर्ण भूमिका राख्दछ । साथै मानिस मानिसबीच मिल्ने सहयोग लिने र शान्ति र संस्कृतिको निर्माण कसरी गर्ने भन्नेबारे पाठ नागरिक शिक्षाले सिकाउँछ । नागरिक चेतनाको अभावमा हामीले आफैंलाई ठूलो नोक्सान पुर्याइरहेका छौं । भौतिक विकासले ल्याएको चरम सुविधाले प्राकृतिक दोहनमा सबै लागेका छौँ । विलासी जीवन जिउन सुविधाका नाममा पहाड, जंगल, नदी विनास गरिरहेका छौँ । विकास गर्ने नाममा, डाँडाकाँडामा अव्यवस्थित ढंगले डोजर चलाउने, बाटो बनाउने र वातावरणमा क्षति पु¥याउने लगायतका हर कुराको दोहन गर्नेतर्फ नै लागेका छौँ ।
भाषण र कोरा सिद्धान्तभन्दा व्यवहार ठूलो हुनुपर्छ । संज्ञानात्मक लचिलोपनबाट, सोच बदल्न सघाउ पुग्छ, समस्यालाई समाधान गर्न सक्ने दृष्टिकोणको विकास हुन्छ र सधा लोकतन्त्रप्रति प्रतिबद्ध रही जनताको सेवा गर्छ त्यो नै सही राजनीतिक नेतृत्व हो ।
यस्ता गलत हर्कतले गर्दा वातावरणमा मात्र समस्या आएको छैन हर पाखा, बाली, खेत, घर, पहाड वर्षाको भेलबाडीले विमाख बनाएका छन् । वनजंगलको विनाश गरी बस्ती बसाउने वा उद्योगधन्दा खोल्ने वा खनिज पदार्थ उत्खनन् गर्ने नाममा पृथ्वीको तापक्रममा समेत प्रतिकूल प्रभाव पारिरहेका छौँ । यावत् पक्षमा सरकारमात्र जिम्मेवार नभई आमसर्वसाधारणमा समेत नागरिक चेतनाको कमीले गर्दा यस्ता विषयमा ध्यान पुर्याउन सकिरहेको देखिँदैन । यसर्थ आमनागरिक चेतनाका लागि नागरिक शिक्षालाई स्रोत बनाई अगाडि बढ्नु उपयुक्त हुन्छ ।
नेपालको राजनीतिक इतिहासमा सत्ता पलटका शीर्ष नेताहरूको दाउपेचमै संकटकालीन राजनीतिक अस्थिरताले अहिलेसम्म सही मार्ग प्रदर्शन गर्न सकेको छैन । राजनीतिक नेतृत्वले डेलिभरी गर्न नसक्दा आमजनतामा आक्रोस र असन्तुष्टि छ । यो असन्तुष्टि व्यवस्थाप्रतिको नभएर राजनीतिक नेतृत्वप्रतिको हो । नेतृत्व कुशल भएमा देशले सुशासन पाउने हो । विश्व नेतृत्वका सम्बन्धमा नेल्सन मण्डेला, मार्टिन लुथर, महात्मा गान्धी नेपालका बीपी यी आफ्ना राजनीतिक गन्तव्यबारे स्पष्ट थिए ।
त्यही भएर नै उनीहरूको नाममा सर्वत्र चर्चामा आइरहेको छ । प्रतिस्पर्दाबाट निर्वाचित हुने प्रणालीमा डेलिभरि दिने विषयमा नेताको सफलता र असझलता जाँचिने हो । तर, हाम्रा जस्ता मुलुकमा सबैजसो नेताहरू कतिपय विषय आफू अनविज्ञ हुँदा पनि सर्वज्ञ ठान्ने प्रवृत्ति पनि दोषी छ । सबै विषय थाहा नहुने हुँदा विषय विज्ञहरूको साथ लिनुपर्ने हुन्छ । हाम्रा नेताहरू सहजै अरूको सहयोग स्वीकार्न तत्पर देखिँदैनन् । यो राजनीतिमा देखिएको अराजनीति हो । राजनीति वास्तवमा आदर्शनीति हो । संसारका प्रायः मुलुकमा आदर्श राजनीति पाउन मुस्किल देखिन्छ । हुन त जनताका नजरमा नेपालमा नयाँ पार्टी वा युवा उमेर भन्ने बहस चल्न थालेको छ ।
नयाँमा फूर्तिफार्ती देखेर सर्वसाधारणमा केही आशाका किरणहरू देखिए तापनि तिनमा खासै नयाँ सोच र परिवर्तनको अभाव देखिन्छ । परम्परागत पार्टी नेतृत्व पंक्ति ७० वर्षको उमेर काटेका बढी छन् । तिनलाई नयाँ युवा वा नयाँ पार्टीले बुढा नेताहरूको काम छैन भन्नेबाहेक नयाँ विचार डेलिभरी गर्न सकेको देखिँदैन । राजनीतिमा उमेरका हिसाबले नयाँ बन्ने होइन । त्यहाँ नैतिकता र विवेकले ठूलो काम गर्छ । भाषण र कोरा सिद्धान्तभन्दा व्यवहार ठूलो हुनुपर्छ । संज्ञानात्मक लचिलोपनबाट, सोच बदल्न सघाउ पुग्छ, समस्यालाई समाधान गर्नसक्ने दृष्टिकोणको विकास हुन्छ र सधा लोकतन्त्रप्रति प्रतिबद्ध रही जनताको सेवा गर्छ त्यो नै सही राजनीतिक नेतृत्व हो ।
नागरिक अधिकारबाट हरेक व्यक्तिलाई सुसूचित र जन उत्तरदायी नागरिक बनाउन नागरिक शिक्षाको माध्यम नै चाहिन्छ । नागरिक शिक्षाले व्यवस्थापिका, कार्यपालिका, न्यापालिका संवैधनिक अंगहरूको ज्ञान प्रदान गर्दै हरेक नागरिकमा शैक्षिक तथा राजनीतिक चेतना भर्ने काम गर्दछ । मुलुकको सार्वभौमिकता, राष्ट्रियतामा एकताको भावना जगाउँदै समाजमा आपसी मेलमिलाप, सहिष्णुता, लोकतान्त्रिक आचरणसमेतको अभिवृद्धिमा जोड गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच