उपनिर्वाचनबाट पाठ सिकेर कांग्रेस सच्चिन जरूरी छ : शेखर कोइराला

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मतदाताको भावनाअनुसार अघि नबढेकै कारण उपनिर्वाचनको नतिजा कांग्रेसका लागि कमजोर आएको बताउनुभएको छ ।

नेता कोइरालाले प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

नेता कोइरालाले उपनिर्वाचनमा कांग्रेसले सहेको हारको दोष कुनै एक जनामाथि मात्रै थोपर्न नमिल्ने बताउनुभयो ।

उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरूरी रहेको उहाँको भनाइ छ ।

नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताउनुभयो ।

नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?