काठमाडौं । आयोजक लैनचौर तेक्वान्दो डोजाङ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न प्रतियोगितामा टिम च्याम्पियन बनेको लैनचौरले १२ स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जित्यो ।
लैनचौर खेल मैदानमा भएको प्रतियोगितामा माउन्ट लार्के दुई स्वर्ण, पाँच रजत र तीन कांस्य पदकका साथ दोस्रो भयो । त्यस्तै दुई स्वर्ण, तीन रजत र सात कांस्य पदकसहित धर्मस्थलीले तेस्रो स्थान हात पार्याे ।
प्रतियोगताको पुरुषमा लैनचौरका सुगम भुजेल तथा महिलामा कार्भेस्थलीकी जमुना मगर उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई काठमाडौं महानगरपालिका वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, आयोजक डोजाङका अध्यक्ष रामबहादुर रजक, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले पुरस्कृत गरे ।
एक दिने प्रतियोगितामा करिब ४ सय खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजाङ प्रमुख गौरव रजकले जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच