
काठमाडौं । नेपालको कृषि र कृषि इञ्जिनियरिङ क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यसाथ नेपाल कृषि इञ्जिनियरिङ समाज तथा एसियन एसोसिएसन फर एग्रिकल्चरल इञ्जिनियरिङबीच सम्झौता भएको छ । एसियन राष्ट्रहरूअन्तर्गतका कृषि इञ्जिनियरिङ क्षेत्र र सोको हक हितमा काम गर्ने संघ संस्थालाई एउटै छातामुनि ल्याई शैक्षिक, व्यावसायिक तथा प्राविधिकरूपमा सुदृढ बनाउने उद्देश्यसाथ भएको सम्झौताले आफ्नो कंसोर्टियम सदस्य बन्न नेपाललाई सम्झौतापत्र पठाएको थियो ।
नेपाल कृषि इञ्जिनियर समाजतर्फबाट अध्यक्ष प्राडा विमप्रसाद श्रेष्ठ तथा एसियन एसोसिएसन फर एग्रिकल्चरल इञ्जिनियरिङतर्फबाट अध्यक्ष प्राडा इन्द्रमणिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको कृषि इञ्जिनियरिङलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सुरु भएलगत्तै सक्रिय भएर लाग्नुभएका कारण सम्झौताको अवस्थामा पुगेको संस्थाका सदस्य ई. रूपेश आचार्यले बताउनुभयो । थाइल्याण्ड, जापान तथा इजरायलका कृषि इञ्जिनियरिङ समाजसँग पनि विभिन्न प्राविधिक तथा शैक्षिक स्रोत आदानप्रदान गर्ने गरी सम्झौताको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
हाल भएको ११ बुँदे सम्झौतामा एसियन सोसाइटी फर एग्रिकल्चरल इञ्जिनियरिङले नेपाल कृषि इञ्जिनियर्स समाजलाई हरेक अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनीमा सामेल गराउने, नेपालको कृषि मेसिनरी तथा प्रविधिको स्तर बढाउन आवश्यक खाका तयार गरिदिने, नेपालका कृषि इञ्जिनियरिङ विद्यार्थीलाइ विभिन्न अवसर प्रदान गर्ने, कृषिसम्बन्धी खोज, अनुसन्धान र सहकार्यमा गरिने प्रोजेक्टका लागि कोष व्यवस्थापन गराइदिनेलगायत रहेका छन् । सम्झौतासँगै एसियन एसोसिएसन अफ एग्रिकल्चरल इञ्जिनियरिङले आगामी मे २२ मा हुन लागेको सम्मेलनमा नेपाल कृषि इञ्जिनियर्स समाजबाट अध्यक्ष प्राडा श्रेष्ठ सहभागी हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच