
सुर्खेत । नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रेशमलाल चौधरीले समाजमा रहेको विकृति भ्रष्टाचार अन्त्यगर्न सके गणतन्त्र बलियो हुने बताउनु भएको छ ।
सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै चौधरीले पहिचानका लागि आवाज उठाउनेहरुलाई सम्मानगर्न आवश्यक भएकोसमेत बताउनु भयो । देशमा पछिल्लो पटक भ्रष्टाचारले सीमा नाघेको बताउँदै विकासको एजेन्डाको विषयमा सवै राजनितिक दलहरुको एउटै आवाज हुनुपर्ने उहाँले बताउनु भयाे ।
हक र अधिकार प्राप्तिका लागि अव कसैले पनि ज्यान गुमाउनु नहुने उहाँकाे भनाइ छ । देशमा रहेका सवै जातजातीले आफ्नो हक र अधिकारको लागि फेरी पनि आन्दोलन गर्नपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले आफु डिल्लीवजार कारागारमा रहेका बेला गठन गरेको पार्टिले जनताको मनमा वस्न सफल भएको हुँदा गएको पौष २६ गतेको महाधिवेशन पछि पार्टिले संगठन विस्तार गर्ने योजना बनाउँदै अगाडि बढेकोसमेत बताउनु भयो ।
यो देश सबै नेपालीको भएको हुँदा हरेक नेपाली नागरिकले म नेपाली हुँ भन्ने पहिचानलाई जोगाइराख्न राजनितिक दलहरुले गम्भिर भएर सोच्नुपर्ने बेला आएको उहाँले बताउनु भयो । सो अवसरमा नागरिक उन्मुक्ति पार्टिका केन्द्रिय उपाध्यक्ष महेन्द्र पुनले पार्टि कुनै जातजातीको नभई सम्पुर्ण नागरिकको हक र अधिकारलाई सुरक्षित गर्ने भएको हुँदा कुनै भ्रममा नपर्न आग्रहगर्नु भएको थियो ।
नागरिक उन्मुक्ति पार्टि सुर्खेतका अध्यक्ष बालकृष्ण थारुले कर्णाली प्रदेश हरेक दृष्टिकोणबाट पछाडि परेको हुँदा यसलाई शिंहदरवारले हेर्ने नजरमा परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो । सो भेटघाट तथा प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य वन्दना चौधरीलगायतकाले समेत बोल्नु भएको थियो ।
नागरिक उन्मुक्ति पार्टिले पछिल्लो पटक देशभर कार्यकर्ता भेटघाट तथा राजनितिक प्रशिक्षण कार्यलाई तिव्र बनाएको अध्यक्ष चौधरीले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच