काठमाडौं । नेपाल आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुवात गरेको छ । जनकपुरमा भइरहेको प्रतियोगितामा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३-१ गोलले पराजित गर्यो । आर्मीका डमरा भट्टले २ र निलिमा पाण्डेले १ गोल गर्नुभयो । मदन भण्डारीकी ‘प्लेयर अफ द म्याच’ सपना मण्डलले १ गोल गर्नुभयो ।
अन्य खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेशले सफलता पाए । कोशीले मधेश प्रदेशलाई ३-२ गोलले हरायो । कोशीकी सुप्रिया टिगाले २ तथा ‘प्लेयर अफ द म्याच’ हर्सिता कनौजियाले १ गोल गर्नुभयो । मधेशका लागि प्रीति र शुभम्ले गोल गर्नुभयो । लुम्बिनीले बागमती प्रदेशमाथि ५-० को सहज जित रच्यो । लुम्बिनीका ‘प्लेयर अफ द म्याच’ अनन्य बर्नवालले हृयाट्रिक गर्नुभयो भने अर्चना साहिब र अर्टिकुलरकुमार बर्मायडले समान १-१ गोल थप्नुभयो ।
प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेश, आर्मी र आयोजकसहित जम्मा आठ टिम सहभागी छन् । विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच