
नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशकोे अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको छ । अहिले अर्थतन्त्रको अवस्था खतरामुक्त रहेको र क्रमशः लयमा फर्किएको उहाँको भनाइ थियो । अर्थमन्त्री महतले बैंकहरूको ब्याजदर क्रमशः घट्दै गएकाले छिट्टै नै ब्याजदर एकल अंकमा झर्ने दाबीसमेत गर्नुभयो ।
पश्चिम नवलपरासीमा बुधबार नवलपरासीको औद्योगिक व्यापार मेला उद्घाटन गर्दै उहाँले अघिल्लो सरकारले बजेट सुनिश्चितता नगरी आयोजना उद्घाटन गर्दा त्यसको असर अहिलेको अर्थतन्त्रमा देखिएको जिकिर गर्नुभयो ।
अहिले देशको राजस्व संकलनमा वृद्धि भएको, विदेशी पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्रीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘उद्योगी व्यापारीले ढुक्क भएर लगानी गर्नुहोस्, देशको अवस्था लयमा फर्किएको छ ।’
महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै अर्थमन्त्री महतले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडकसहित भौतिक पूर्वाधार विकासका लागि आगामी बजेटमा समावेश गरिने बताउनुभयो ।
फोटो
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच