पल शाहलाई उच्च अदालतबाट सफाइ, जेलमुक्त हुने

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दाबी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह एक वर्षपछि जेलमुक्त हुनुुहुने भएको छ । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाइ गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको जबरजस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बालयौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय गरेको थियो ।

बलात्कारको अभियोग दर्ता भए पनि नवलपुर जिल्ला अदालतले बालयौन दुव्र्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् । प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।

एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको चार दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?