भोजपुर । मेलमिलापको माध्यमबाट न्यायीक प्रक्रियालाई सहज बनाउने उद्धेश्यका साथ भोजपुरका स्थानीय पालिकाहरुले प्रशिक्षण कार्यक्रम थालेका छन् ।
पालिकाका उपप्रमुखहरुलाई न्यायीक समिति संयोजकको समेत जिम्मा दिईएकाले वडा तहमा हुने बिवादहरुलाई मेलमिलापको माध्यमबाट मिलाउन सहजताका लागि प्रशिक्षण प्रभावकारी हुने भोजपुर नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक निर्मला शेर्पाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडा तहबाट सहभागि गराएर संचालन गरिएको मेलमिलाप सम्वन्धी प्रशिक्षण प्रभावकारी छ, यसले न्यायीक प्रक्रियामा समेत सहजता कायम गर्छ ।” संचालित प्रशिक्षण पश्चात वडा तहमा नै मेलमिलाप केन्द्र संचालन गरिने भएकाले मेलमिलाप सम्वन्धी प्रशिक्षण स्थानीय पालिकाहरुमा प्रभावकारी देखिन्छ", शेर्पाले भन्नुभयो ।
मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा भोजपुर नगरपालिकाले नगर भित्रका १२ वटै वडाबाट तीन–तीन जना गरी ३८ जनाको सहभागितामा मेलमिलाप सम्वन्धी प्रशिक्षण दिएको थियो ।
यता जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिका पनि आठ दिने मेलमिलाप सम्वन्धी प्रशिक्षण सुरु भएको छ । षडानन्द नगरपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा प्रशिक्षण सुरु भएको हो । टोल, गाउँघर र वडा तहमा नै न्याय निरूपण गर्न सकौँ र सकियोस् भन्ने उद्धेश्यले प्रशिक्षण थालिएको नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक प्रमिला राईले बताउनुभयो ।
“वडा तहमा देखिएका आपसी बिवादहरुको समाधान गर्दै नगरलाई बिवाद मुक्त बनाउनमा समेत मेलमिलाप सम्वन्धी प्रशिक्षणले भूमिका निर्वाह गर्ने छ ।” नगर उपप्रमुख राईले भन्नुभयो । विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गुणहरु र मेलमिलापका आचारसहिंता, सहमतिय निकास लगायतका बिविध बिषयमा प्रशिक्षणमा सहजीकरण हुनेछ ।
षडानन्द नगरपालिकाका १४ वटै वडाका ५२ जनाको सहभागितामा सुरु प्रशिक्षण आगामी फागुन २३ गतेसम्म सञ्चालन हुने छ । मेलमिलामकर्ता मार्फत विवाद निरुपण हुने बातावरण सिर्जना भए विकास निर्माणले समेत थप गति लिने नगरप्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । जनताले विकाससँगै न्यायको पनि खोजी गरिरहेका हुन्छन नगरप्रमुख उदासले भन्नुभयो, “पीडितले न्यायको अनुभूति गर्नु नै कानुनी धर्म हो । सानो विषयलाई स्थानीय स्तरमा नै मिलाउन सकियो भने सहजता हुन्छ ।”
प्रशिक्षित सहभागीहरुले मेलमिलापका बिषयमा जानकार भएको बताउनुभयो । मेलमिलाप सम्वन्धी कानुनी व्यवस्थाका बारेमा सिकेका कुराहरु गाउँघरमा गएर प्रयोग गर्ने तालिमामा सहभागी कोपिला राईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच