गृहस्थी मानव जीवनको एक महत्वपूर्ण संस्कारका रूपमा विवाहलाई लिइएको छ । स्त्रीपुरुषको सम्बन्धलाई मर्यादामा राख्ने लोक काल्याणकारी प्रचलनलाई विवाह भनिन्छ भनी मनुस्मृतिमा बताइएको छ : ‘लोकयात्रा नित्यं स्त्रीपुंसयोः शुभा’ (मनु, ९।२५) । विवाह सृष्टिको मूल कारण हो । सृष्टिकालदेखि निरन्तर चलिआएको स्त्री धारा र पुरुष धाराको संयोग हुनाले विवाह एउटा प्राकृतिक संस्कार पनि हो । शास्त्रले विवाह संस्कारलाई विशेष महत्त्वका साथ विशर्म गरेका छन् । यसरी शास्त्रोक्त विवाह गर्दा विभिन्न विषयवस्तुमा विचार गर्नुपर्ने हुन्छ ।
विवाहमा कन्यादान दिने पहिलो अधिकार पितालाई रहेको कुरा याज्ञवल्क्यले बताएका छन् । यदि बुबाको अनुपस्थिति रहृयो भने हजुरबुबा, हजुरबुबा नभए दाजुभाइ, दाजुभाइ नभए आमाले कन्यादान गर्नुपर्दछ भनी बताइएको छ । आमाले मात्र कन्यादान गर्ने भए आमाले नान्दी श्राद्ध गर्नु हुँदैन ।
विवाह जुराएरमात्र गर्नुपर्ने :
शास्त्रमा विवाह जुराएर मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ । कन्याको समवर्षमा बृहस्पति र चन्द्रमा जुराएर अनि वरको सूर्य र चन्द्रमा जुराएर विवाहको समय विचार गर्नुपर्दछ ।
‘गुरुशुद्धिवशेन कन्यकानां समवर्षेषु षडब्दकोपरिष्टात् । रविशुद्धिवशाच्छुभो वराणामुभयोश्चन्द्रविशुद्धितो विवाहः ।।’ (मुहूत्र्तचिन्तामणि, ६।१२) यसरी विचार गरिने समयमा पनि वर र कन्या दुवै यदि पहिलो गर्भबाट उत्पन्न भएका (जेठा) हुन् भने जन्म महिना, जन्म नक्षत्र, जन्म तिथि, जन्म लग्नमा विवाह गर्नु हुँदैन । यदि दुवै दोस्रो गर्भबाट उत्पन्न भएका छन् (पहिलो गर्भका होइनन्) भने दुवैको विवाह जन्म मासादि (जन्म महिना, जन्म नक्षत्र, जन्म तिथि, जन्म लग्न) मा हुँदा शुभ हुन्छ भनी बताइएको छ :
‘आद्यगर्भसुतकन्ययोद्र्वयोर्जन्ममासभतिथौ करग्रहः ।
नोचितोद्रथ विबुधैः प्रशस्यते चेद् द्वितीयजनुषोः सुतप्रदः ।।१४।।’ (मुहूत्र्तचिन्तामणि, ६।१४) यसरी वरको राशिबाट सूर्य र चन्द्रमा ४।८।१२ अशुभ मानिन्छ । यसैगरी कन्याको राशिबाट बृहस्पति र चन्द्रमा ४।८।१२ राशिमा रहेको समयमा अशुभ मानिन्छ भनी पीयूषधारा टीकामा बताइएको छ ।
विवाहमा द्विज्येष्ठ र त्रिज्येष्ठ विचार :
विवाहमा द्विज्येष्ठ त्रिज्येष्ठ पनि निषेध गरिएको छ : विवाहमा दुई ज्येष्ठ (जेठ महिना र जेठो वर वा जेठी कन्या) को विवाह मध्यम फलदायी रहन्छ । त्रिज्येष्ठ (जेठ महिना, जेठो वर र जेठी कन्या)को विवाह कहिल्यै शुभ रहँदैन । भरद्वाज आदि ऋषिले कृत्तिकामा सूर्य भएको समयलाई छोडेर अन्य (बाँकी रोहिणी र मृगशिरा २ चरणमा सूर्य रहेको समयमा) विवाह गर्नु हुन्छ भनेका छन् तर कन्या र वर दुवै पहिलो गर्भका (जेठा) छन् भने विवाह गर्नु हुँदैन ।
‘ज्येष्ठद्वन्द्वं मध्यमं सम्प्रदिष्टं त्रिज्येष्ठं चेन्नैव युक्तं कदापि ।
केचित्सूर्यं वह्निगं प्रोझ्य चाद्रद्रहुर्नैवान्योद्रन्यं ज्येष्ठयोः स्याद्विवाहः ।।’ (मुहूत्र्तचिन्तामणि, ६।१५) यहाँ ज्येष्ठ भन्नाले पहिलो गर्भबाट उत्पन्न सन्तान भन्ने बुझ्नुपर्दछ ।
यसरी तीन ज्येष्ठ पारी गरिएको विवाह पीडादायी रहन्छ भन्ने फल बृहस्पतिले बताएका छन् । : ‘ज्येष्ठे न ज्येष्ठयोः कार्य नृनार्योः पाणिपीडनम् । तयोरन्यतरे ज्येष्ठे ज्येष्ठमासेद्रपि कारयेत् ।।’ (गुरु) यसैगरी पराशरको मतमा जेठा बाहेकका कन्या वरको विवाह ज्येष्ठ महिनामा शुभ रहन्छ भनी बताइएको छ :
‘अज्येष्ठा कन्यका यत्र ज्येष्ठः पुत्रो वरो यदि ।
व्यत्ययो वा तयोस्तत्र ज्येष्ठमासः शुभप्रदः ।।’ (पराशर)ज्येष्ठ व्यक्तिले जेठ महिनामा उत्सव आदिका कार्य पनि नगर्नू भन्ने भरद्वाजको मत छ :
‘ज्येष्ठे ज्येष्ठस्य कुर्वीत भास्करे चानलस्थिते ।
नोत्सवादीनि कार्याणि दिग्दिनानि च वर्जयेत् ।।’
(भरद्वाज) यसरी विवाहमा ज्येष्ठ विचार पनि विशेष हुने गर्दछ ।
विवाहमा कन्यादान दिने अधिकार :
विवाहमा कन्यादान दिने पहिलो अधिकार पितालाई रहेको कुरा याज्ञवल्क्यले बताएका छन् । यदि बुबाको अनुपस्थिति रहृयो भने हजुरबुबा, हजुरबुबा नभए दाजुभाइ, दाजुभाइ नभए आमाले कन्यादान गर्नुपर्दछ भनी बताइएको छ :
‘पिता पितामहो भ्राता सकुल्यो जननी तथा ।
कन्याप्रदः पूर्वनाशे प्रकृतिस्थः परः परः ।।’ (याज्ञवल्क्य) आमाले मात्र कन्यादान गर्ने भए आमाले नान्दी श्राद्ध गर्नु हुँदैन । अरू वा आचार्यद्वारा नान्दी श्राद्ध गराएर कन्यादान गर्नुपर्दछ । यसै गरी व्रतबन्ध नभएको दाजु वा भाइले पनि कन्यादान गर्नु हुँदैन भनी विवाह पद्धतिमा बताइएको छ । श्राद्धपछि मात्र मङ्गलकार्य गर्नुपर्दछ माङ्गलिक कार्यको बीचमा श्राद्ध गर्नु हुँदैन भनी पीयूषधारामा बताइएको छ । (पृ. १९९)
एक विवाहपश्चात् सोही कुलमा अर्को संस्कार विचार :
एउटै कुलमा कुनै वरको विवाह भएको छ महिनासम्म सोही कुलकी अर्की कन्याको विवाह गर्नु हुँदैन । यसैगरी आफ्नै कुलमा वर वा कन्याको विवाह गरेको छ महिनाभित्र सोही कुलका अन्य व्यक्तिको मुण्डन (छेवर) गर्नु हुँदैन । सहोदर दाजुभाइलाई सहोदर दिदीबहिनी नदिनु वा विवाह गर्नुहुँदैन । सहोदर दाजुलाई दिदी र सहोदर भाइलाई बहिनीको विवाह गरी दिनुहुँदैन । सहोदर दुई दाजुभाइ वा दिदीबहिनीको विवाह छ महिनाको अन्तरभित्रमा गर्नु हुँदैन । शुभकार्य (विवाह, उपनयन, मुण्डन) गरेको छ महिनाभित्र श्राद्धकर्म पनि गर्नु हुँदैन भनी मुहूत्र्तचिन्तामणिमा बताइएको छ :
‘सुतपरिणयात् षण्मासान्तः सुताकरपीडनम् ।
न च निजकुले तद्वद्वा मण्डनादपि मुण्डनम् ।
न च सहजयोर्देये भ्रात्रोः सहोदरकन्यकेन सहजसुतोद्वाहोद्रब्दार्धे शुभे न पितृक्रिया ।।’ (मुहूत्र्तचिन्तामणि, ६।१६) यहाँ श्राद्धकर्म भन्नाले काम्यश्राद्ध भन्ने बुझिन्छ । वसिष्ठ ऋषिले पनि छोराको विवाह गरेको दिनदेखि छ महिनासम्म छोरीको विवाह नगर्नू भनेका छन् : ‘पुत्रोद्वाहान्नैव पुत्र्याः दाचिदषण्मासात्कार्यमुद्वाहकर्म ।’ (वसिष्ठ) नारदजीका मतमा तीन ऋतुसम्म छोराको विवाहपछि छोरीको विवाह नगर्नु भन्ने छ-
‘पुत्रोद्वाहात्परं पुत्रीविवाहो न ऋतुत्रये ।
कुर्यान्न व्रतमुद्वाहमङ्कले नाप्यमङ्कलम् ।।’
(नारद)यस्तो निषेध कुल परम्पराअनुसार वर्षदिनसम्म रहने कुरा वत्सऋषिले बताएका छन् । छोरीको विवाहपछि छोराको विवाह शुभदायी रहने वसिष्ठको मत छ :
‘पुत्रीविवाहात्परतः सदैव शुभप्रदं पुत्रविवाहकर्म ।’
एउटै घरका दाजु र भाइलाई एउटै आमाबाट जन्मिएका वरका दाजु वा भाइलाई एउटै आमाले जन्माएका दिदी बहिनीको विवाह गरिदिनु हुँदैन भनी नारदजीले बताएका छन् :
‘न चैकजन्मनोः पुंसोरेकजन्ये तु कन्यके । नूनं कदाचिदुद्वाह्ये नैकदा मुण्डनद्वयम् ।।’ (नारद) यसैगरी सहोदरको सँगै मुण्डन पनि गर्नु हुँदैन । वसिष्ठले सहोदर दाजुभाइको सहोदर दिदीबहिनीसँग विवाह नगर्नू अथवा एउटै घरका दिदीबहिनीको विवाह एउटै घरका दाजुभाइसँग नगर्नू भनी बताएका छन् : ‘एकजन्ये तु कन्ये द्वे पुत्रयोर्नैकजन्ययोः ।। (वसिष्ठ) ।
यसैगरी एउटै वरलाई दुई सहोदर (दिदीबहिनी) कन्या नदिनु भन्ने वसिष्ठको मत छ :‘न पुत्रीद्वयमेकस्मै प्रदद्यात्तु कदाचन ।’ सहोदरको छ महिनाको अन्तरभित्र समान संस्कार गर्नुहुँदैन यदि गरिन्छ भने कन्यालाई हानि हुन्छ भनी नारदजीले बताएका छन् :
‘विवाहस्त्वेकजन्यानां षण्मासाभ्यन्तरे यदि ।
असंशयं त्रिभिर्वर्षैस्तत्रैका विधवा भवेत् ।।’ (नारद) जुम्ल्याहाको पनि समान संस्कार छ महिनाभित्र गर्न निषेध गरिएको छ भनी पीयूषधारामा उल्लेख छ । (पृ.२९६) यसै गरी सहोदर दाजुभाइको एकैपटक मुण्डन एवं उपनयन संस्कार गर्नु हुँदैन भनी पीयूषधारामा उल्लेख छ ।
विवाह निश्चित भएपछि आशौच विचार :
विवाहको निश्चय भएपछि वधू या वरका कुलमा तीन पुस्ताभित्र यदि कसैको मृत्यु भयो भने उक्त मृत्युको एक महिनापछि मात्र विवाह गर्नु उचित हुन्छ । केही (मेधातिथि आदि) आचार्यका मतमा मरणाशौच सकिएपछि शान्ति (विनायक शान्ति र कूष्माण्डी हवन) गरेर विवाह कर्म गर्नु उचित हुन्छ ।
मानव जीवनका सोह्रसंस्कारमध्येको एक विवाह हो । वैवाहिक जीवन सुखद् रहोस् भन्ने उद्देश्यले शुभ समयको निर्धारण गरिन्छ । यसरी शुभ समय निर्धारण गर्दैगर्दा विविध विषयवस्तुको विचार गर्नुपर्दछ । जसले विवाहकर्मलाई फलिभूत तुल्याउने गर्दछ ।
‘वध्वा वरस्यापि कुले त्रिपुरुषे नाशं व्रजेत्कश्चन निश्चयोत्तरम् । मासोत्तरं तत्र विवाह इष्यते शान्त्याद्रथवा सूतकनिर्गमे परैः ।।’ (मुहूत्र्तचिन्तामणि, ६।१७) यसरी विवाहको निश्चय भएपछि सगोत्री (तीन पुस्ताभित्र) जुठो पर्यो भने विवाह नगर्नू विवाहिता नारीलाई अनिष्ट हुन्छ भनी स्मृति चन्द्रिकामा बताइएको छ :
‘कृते वाङ्निश्चये पश्चान्मृत्युर्भवति गोत्रिणः ।
तदा न मङ्कलं कार्य नारी वैधव्यदं ध्रुवम् ।।’
(स्मृतिचन्द्रिका) अमेधातिथिमा तीन पुस्ताभित्रको आशौचलाई विशेष उल्लेख गरिएको छ :
‘पुरुषत्रयपर्यन्तं प्रतिकूलं सगोत्रिणाम् ।
प्रवेशनिर्गमौ तद्वत्तथा मुण्डनमण्डने ।।’ (मेधातिथि)
तीन पुस्ताबाहेकको सपिण्डको (सात पुस्ताभित्रको) आशौच परे एक महिनासम्म बार्नुपर्ने र शान्तिपश्चात् विवाह गर्नुपर्ने माण्डव्यले उल्लेख गरेका छन् । वर वधूका आमा, बुबा, हजुरबा, दाजुभाइको आशौचको समय विवाहका निम्ति महाविघ्नप्रद रहन्छ भनी शौनकले बताएका छन् । यसैगरी वर वधूका आमा, बुबा, हजुरबा, हजुरआमा, काका, दाजुभाइ, दिदीबहिनीकोे आशौच परेको समय विवाहका निम्ति त्याज्य (प्रातिकूल्य) मानिएको छ :
‘पिता पितामहश्चैव माता वापि पितामही ।
पितृव्यः स्त्रीसुतो भ्राता भगिनी वा विवाहिता ।
एभिरेव विपन्नैश्च प्रातिकूल्यं बुधैः स्मृतम् ।।’
वाग्दानपछि कुलमा कसैको मृत्यु भयो भने एक वर्षपछि विवाह गर्नु शुभ रहन्छ । जसमा बुबाको आशौच वर्ष दिनसम्म, आमाको ६ महिना, पत्नीको तीन महिना, दाजु भाइ दिदीबहिनी र छोराछोरीको ४५ दिन आशौच लाग्छ अर्थात् उक्त समयसम्म विवाह गर्नुहुँदैन भनी माण्डव्य ऋषिले बताएका छन् :
वग्दानानन्तरं यत्र कुलयोः कस्यचिन्मृतिः ।
तदा संवत्सरादूध्र्व विवाहः शुभदो भवेत् ।।
पितुराशौचमब्दं स्यात्तदर्ध मातुरेव हि ।
मासत्रयं च भार्यायास्यदर्धं भ्रातृपुत्रयोः ।। (माण्डव्य)
मानव जीवनका सोह्रसंस्कारमध्येको एक विवाह हो । वैवाहिक जीवन सुखद् रहोस् भन्ने उद्देश्यले शुभ समयको निर्धारण गरिन्छ । यसरी शुभ समय निर्धारण गर्दैगर्दा विविध विषयवस्तुको पनि विचार गर्नुपर्दछ । जसले विवाहकर्मलाई फलिभूत तुल्याउने गर्दछ । वैवाहिक जीवनलाई कल्याणकारी तुल्याउन नै उचित समयको निर्धारण गरिएको हुन्छ । शास्त्रोक्त समयमा गरिएका विवाहकर्मको शुभ फल प्राप्त हुने भएकाले पनि विवाहका पूर्वापर विविध विषयमा ध्यान दिनुपर्दछ । उचित समयमा गरिएको विवाह शुभ फलदायी रहने भएकाले पनि शास्त्रोक्त विषयवस्तुलाई विचार गरी विवाहकर्म सम्पादन गर्नुपर्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच