प्रधानमन्त्रीद्वारा कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्‍याउन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ । सोही विधेयकमाथि छलफल गर्न आज समितिको बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?