बालिका करणी आरोपमा एकजना पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । बालिकालाई करणी गरेको आरोपमा धादिङको सिद्धलेक गाउँपालिका-४ का ३२ वर्षीय शिव थापामगरलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा शिव थापामगर विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा शुक्रबार उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

आरोपितले पीडितलाई पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षबाट उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका ईन्स्पेक्टर अभय लामाले जानकारी दिनुभयो ।

आरोपितले ०८० मंसिरमा अन्तिम पटक बलात्कार गरेको पीडितको भनाइ छ ।

पीडितको धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको छ । यस्तै आरोपितलाई जिल्ला अदालतको अनुमतिले “जबरजस्ती करणी” मुद्दामा हिरासतमा अनुसन्धानका लागि राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?