काठमाडौं । ब्युटी सैलुन फेसियल हाउसले यस वर्षको दीक्षान्त समारोह सम्पन्न गरेको छ । फेसियल हाउसबाट सौन्दर्यकलासम्बन्धी सीपमूलक तालिम लिएका विद्यार्थीलाई दीक्षित गर्न समारोह आयोजना गरिएको हो ।
सो अवसरमा सीप हासिल गरेका ४६ जनालाई दीक्षित गरिएको थियो । फेसियल हाउसबाट यस वर्ष एक सय ८० जनाले तालिम लिएका थिए । तर, तालिम लिएकामध्ये अधिकांश दीक्षान्त समारोहअघि नै रोजगारीको खोजी गर्दै विभिन्न देश गइसकेकाले समारोहमा ४६ जनालाई मात्र दीक्षित गर्न सकिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवं वरिष्ठ ब्युटिसियन सुष्मा महराले बताउनुभयो ।
फेसियल हाउसले हरेक वर्ष करिब साढे दुई सयजनालाई तालिम प्रदान गर्दै आएकामा यस वर्ष केही संख्या घटेको हो । पहिला सीप सिकेर नेपालमै आ-आफ्नो गृहनगरमा गएर स्वरोजगार बन्ने वा रोजगारी गर्ने चलन रहेकामा पछिल्लो समय त्यस्तो प्रवृत्ति हराउँदै विदेश जाने क्रम बढेको महराको भनाइ थियो । महराविरुद्ध अध्यागमन विभागकी कर्मचारी बन्दना कर्णले हालेको मुद्दा जितेको खुसीयालीलाई ‘सत्यको जित’ भन्दै केक काटिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक महराको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच