जुम्लामा होम पाईप उद्योग स्थापना

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । हिमाली जिल्लाको जुम्लामा पहिलो पटक एक करोड लगानीमा होम पाईप उद्योग स्थापना भएको छ । जिल्लामा उक्त उद्योग स्थापना भएसंगै अब व्यवसायीलाई सहजहुने आशा गरिएको छ । यो भन्दा पहिले होम पाईप तराईका जिल्लाबाट जुम्लामा ल्याउनु पर्ने अवस्था थियो । अब उक्त समस्या खड्का होम पाईपले हल गर्ने भएको छ । उद्योगले एक फिटदेखि चार फिटसम्मका होम पाइपहरु निर्माण गर्ने खड्का होम पाइप उद्योगका संचालक रामदेवि खड्काले बताउनुभयो ।

उद्योगले गुणस्तरीय होम पाईप जिल्लामै उत्पादन गर्ने छ । उद्योगमा सबै प्रकारका होम पाईपहरु उत्पादनहुने भएको छ । होम पाईपको लम्बाई साडे दुई मिटर सम्मकोहुने उद्योगका संचालक खड्काको भनाइ छ । होम पाईप सडकको ढल निकासमा बढी प्रयोग हुन्छ । यहि होम पाईप पहिले यहाँका व्यवसायीले बाहिरी जिल्लाबाट ल्याउने गरेका थिए । अब जुम्लामै उत्पादनहुने भएकाले खरिदमा सस्तो पर्ने र सहजहुने जिल्लाका व्यवसायीहरुको भनाइ छ ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बहादुर बिसीले जुम्ला होम पाईप उद्योग संचालनले यहाँका व्यवसायीलाई निकै सहजहुने जानकारी दिनुभयो । सो होम पाईप उद्योगको उद्घाटन उद्योग मन्त्री बिसीबाट भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?