
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउन आग्रह गर्नुभएको छ ।
सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको पनि बताउनु भयो ।
साथै उहाँले आफू नमर्दासम्म देशमा उथलपुथल भइराख्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘आजको दिन विशेष दिन । नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन ठुलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ’, उहाँले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै भन्नुभयो, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।’
प्रधानमन्त्री प्रचण्डले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउँदो नदी भएको बताउनु भयो । ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन माओवादी । नयाँनयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभंगता भएको छ’, प्रचण्डले भन्नुभयो, ‘माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो अरुको कसैको होइन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच